अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२७ | Colorodo: 18:42

नेपाली काँग्रेस संसदीय दल कार्यसमिति निर्विरोध निर्वाचित

बिआरटीनेपाल २०७५ जेठ १ गते ७:१० मा प्रकाशित

नेपाली काँग्रेस संसदीय दल कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । 

कार्यसमितिको निर्वाचनका लागि गठित निर्वाचन समितिले मंगलबार बिहान ११ देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्खास्तको समय निर्धारण गरेको थियो ।

निर्विरोध निर्वाचित कार्यसमितिमा सात प्रदेशबाट डा मीनेन्द्र रिजाल, तेजुलाल चौधरी, दिव्यमणि राजभण्डारी, प्रकाश पन्थ, देवेन्द्रराज कँडेल, रंगमती शाही र दिलेन्द्रप्रसाद बडू रहनुभएको छ ।

त्यस्तै, खस आर्यबाट तारादेवी भट्ट र राजेन्द्रकुमार केसी, आदिवासी÷जनजातिबाट प्रमिला राई र ज्ञानकुमारी छन्त्याल, मधेशीबाट जितेन्द्रनारायण देव र मीनाक्षी झा रहनुभएको निर्वाचन समितिका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै, दलितबाट मीनबहादुर विश्वकर्मा र विमला नेपाली, थारूबाट नमिता चौधरी, मुस्लिमबाट अतहर कमाल मुसलमान र पिछडिएको क्षेत्रबाट रामबहादुर विष्ट निर्विरोध निर्वाचित हुनुभएको उहाँले बताउनुभयो । निर्वाचन समितिले यही जेठ ७ गतेका लागि कार्यसमितिको निर्वाचन तालिका निर्धारण गरेको थियो ।

काँग्रेस संसदीय दलको नेताको निर्वाचन भने गत फागुन २१ गते सम्पन्न भई पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित हुनुभएको हो । कार्यसमितिमा संसदीय दलको नेताले पाँच जना सदस्य मनोनीत गर्न पाउने प्रावधान छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू