अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५४ | Colorodo: 18:09

होमल्याण्ड सेक्युरिटी सेक्रेटरी नेल्सनमाथि कड्किए ट्रम्प

बिआरटीनेपाल २०७५ वैशाख २९ गते १०:३२ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र होमल्याण्ड सेक्युरिटी सेक्रेटरी त्रिस्चेन नेल्सनबीच चर्को विवाद भएको छ । आप्रवासीका विषयमा क्याबिनेट बैठकमा भएको विवाद चर्कोमात्र नभएर लामो पनि भएको स्रोतको दाबी गर्दै सञ्चारमाध्यममा सार्वजनिक भएको छ ।

त्यसअनुसार राष्ट्रपति ट्रम्प नेल्सनप्रति आक्रोशित बनेका थिए । उनले नेल्सनलाई सीमा सुरक्षाका लागि पर्याप्त काम नगरेको आरोप लगाएका थिए । जवाफमा नेल्सनले कानुन अनुसार गर्न सकिने अधिकतम काम गरेको जवाफ दिएर आफ्नो वचाव गरेकी थिइन् ।

सिएनएनले ह्वाइट हाउसका एम अधिकारीको हवाला दिँदै आप्रवासी मुद्धामा राष्ट्रपति ट्रम्प क्याबिनेट बैठकमै कड्केको दाबी गरेको छ । ती अधिकारीका अनुसार उनी ‘रिसाएका र तातेका’ थिए ।
द न्यू योर्क टाइम्सले यो घटना सबैभन्दा पहिला सार्वजनिक गरेको थियो । त्यसमा बैठकमा ट्रम्पले आफ्नो आलोचना गरेको भन्दै नेल्सनले आपूm निकट साथीभाइसँग राजीनामा दिने सोच बनाइएको दाबी गरिएको छ ।

नेल्सन आप्रवासी मुद्दा र सीमा सुरक्षा व्यवस्थापन गर्ने क्याबिनेटका सबैभन्दा उच्च अधिकारी हुन् । टाइम्सले दुई व्यक्तिको हवाला दिँदै उनले राजीनामा समेत तयार गरिसकेको उल्लेख गरेको छ ।
क्याबिनेट बैठक सुरु हुनु अघि ट्रम्पले सीमा सुरक्षाका विषयमा लामो असन्तुष्टि व्यक्त गरेका थिए । नेल्सनले उक्त असन्तुष्टि आपूm विरुद्ध जनाएको बझाइ बनाइन् । तर, डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका प्रवक्ताले नेल्सनले राजीनामा दिने धम्की दिएको ठाडै अस्वीकार गरेका छन् ।

‘द न्यू योर्क टाइम्सले सेक्रेटरीले आफ्नो राजिनामापत्र तयार गरेको भनेर लेखेको आरोप गलत हो,’ प्रवक्ता टाइलर हउल्टनले ट्वीटेका छन्, ‘राष्ट्रपतिले अघि सार्नुभएको सुरक्षासम्बन्धी मुद्धामा सेक्रेटरी आज मेहेनतका साथ काम गरिरहनु भएको थियो र डिपार्टमेन्टका अधिकारीहरूलाई साथ सहयोग गरिरहनु भएको थियो ।’

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी सेरा स्यान्डर्सले राष्ट्रपति आप्रवासी प्रणालीमा र सीमा सुरक्षामा भएका कमजोरी सुधार्न लागिपरेको प्रतिक्रिया दिएकी छन् । नेल्सनले पनि विज्ञप्तिमार्फत सीमा सुरक्षाका विषयमा राष्ट्रपति र आफ्नो एउटै धारणा रहेको जनाएकी छन् । राष्ट्रपति ट्रम्प सीमा सुरक्षाका सम्बन्धमा कङ्ग्रेसको निस्क्रियताप्रति असन्तुष्ट छन् ।

जोन केली चिफ अफ स्टाफमा नियुक्त गरिएपछि उनको ठाउँमा नेल्सनलाई ट्रम्पले नियुक्त गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू