अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०० | Colorodo: 02:15

३३ किलो सुन प्रकरणः एसपी र डिआइजी अनुसन्धानको घेरामा, यसरी मुछियो प्रहरी

नयाँ पत्रिका २०७५ वैशाख १२ गते १९:२६ मा प्रकाशित

फ्लाई दुबईको जहाजबाट ७ माघमा आएको साढे ३३ किलो सुन विमानस्थलको भन्सार र सुरक्षा संयन्त्र छलेर बाहिर आइपुग्यो । तस्करीको सुन विमानस्थलबाट बाहिर ल्याउने जिम्मा थाई एयरका प्राविधिक सानु बनले लिएका थिए । सानुले जसलाई सुन हस्तान्तरण गरेका थिए त्यो मान्छे अचानक बेपत्ता भयो । ऊ बानेश्वर पुग्नुपर्ने थियो । तर, सुन र मान्छे बेपत्ता भएपछि योजनाकार आत्तिए ।

यसरी मुछियो प्रहरी
गोरे र सन्जेलबीचको सहमतिको रिपोर्टिङ महानगरिय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीलाई भइरहेको थियो । यो बिचमा पैसाको बार्गेनिङ भयो, प्रहरी अधिकारीहरूले पाँच करोड मागेका थिए, अन्तिममा दुई करोडमा सहमति भएको हो ।

तर, गोरेलाई समात्न गएका डिएसपी केसी अपरेशनकै बिचमा एक दिन मोबाइल पनि स्वीच अफ गरेर प्रहरी सम्पर्कबाट बाहिर थिए । त्यसैले पनि उनीमाथि शङ्का छ । ठोस आधार नभेटिएकोले केसी र लोहनीलाई निगरानीमा राखेर बयान लिने क्रम जारी छ । तर, अपरेशनमा कुनै सम्बन्ध नभएका एसपी विकासराज खनाल र पूर्व डिआईजी गोविन्द निरौला पक्राउ परेका छन् ।

एसपी र डिआइजी अनुसन्धानको घेरामा
गोरेले सनमको सब मोरङबाट उठाएर इटहरी र धरानबिचको जङ्गलमा तह लगाउने योजना बनाएका थिए । त्यहीबिचमा काठमाडौँ र मोरङको प्रहरी धरान पुगिसकेको थियो । त्यो बिचमा प्रहरी र गोरेबिच फोनमा बार्गेनिङ पनि चलिरहेको थियो ।

पाँच करोडबाट सुरु भएको बार्गेनिङ दुई करोडमा टुंगिएको थियो । पैसा बोेकेर गोरे धरान आउन राजी पनि भएका थिए । प्रहरी गोरेको प्रतीक्षामा थियो, रात बित्दै गएपछि गोरेले धरान होइन, बिराटनगरको पोखरीयामा भेट्ने प्रस्ताव राखे ।

प्रहरी टोली तत्काल पोखरीया पुगेर कुर्न थाल्यो । केही समयपछि बा १२ प ५९६३ नं. स्कोरपियो प्रहरी टोली छेउ रोकियो । तर, भनिएकै नम्बरको गाडीमा गोरे थिएनन, उनका सहयोगी मात्र थिए, डिक्कीमा सनमको सब थियो । सम्पर्क गर्दा गोरेको फोन स्वीच अफ भइसकेको थियो ।

त्यसयता उनी सम्पर्कमा छैनन् । गाडी चालकको सहयोगमा गोरेका पुर्वसहयोगी काभ्रेका ३२ वर्षीय टेकराज मल्ल, मोरङ उर्लाबारी–७ का ३३ वर्षीय कृष्ण भनिने नरेन्द्र कार्की र मोरङ उर्लाबारी–७ का ३७ वर्षीय मोहन काफ्लेलाई पक्राउ गर्‍यो । उनीहरूलाई सनमसँगै काठमाडौँबाट मोरङ लगिएको थियो । 

सम्बन्धित सामग्रीहरू