अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०२ | Colorodo: 02:17

साढे ३३ केजी सुन तस्करी प्रकरणः डिएसपी राउत ‘फरार’

बिआरटीनेपाल २०७५ वैशाख ११ गते १९:५५ मा प्रकाशित

काठमाडौं, साढे ३३ केजी सुन प्रकरणमा मुछिएका जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाललाई थुनामा राखिएको छ । प्रकरणको छानबिन गर्न गठित समितिले उनलाई प्रहरी प्रधान कार्यालयको १ नम्बर गणस्थित अान्तरिक थुनामा राखेको हो ।मंगलबार समितिले गृहमन्त्रालयमा एसपी खनालसहित इलाका प्रहरी कार्यालय, इटहरीमा कार्यरत् प्रहरी नायब उपरीक्षक (डिएसपी) सञ्जय राउतको बयान लिएको थियो । राउत बयानकै बीच गृहबाट निस्किएका थिए । लगत्तै, उनी समितिबाट सम्पर्कबिहीन बने भए ।

यसअघि अाइतबार  पूर्व डि आईजी गोविन्द निरौलाआई वयान सगै पक्राउ ग।िएको थियो। सोही डरले राउत ‘फरार’ भएको हुन सक्ने स्रोत बताउँछ । निरौलालाई जिल्ला प्रहरी कार्यालय, मोरङमा लगेर कर्तव्य ज्यान र सुन तस्करी मुद्दा अन्तरगत म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको छ । उर्लाबारीका सनम शाक्यलाई टर्चर दिने क्रममा खिचिएको भिडियोमा ‘एसएसपी गोविन्द मामा’ भनेको सुनिएपछि समितिले उनलाई शंकाको घेरामा राखेको थियो ।

निरौलासहित एसपी खनाल र डिएसपी राउतको साढे ३३ केजी सुनका मालिक भनिएका फरार अभियुक्त गोरे भनिने चुडामणि उप्रेतीसँग सम्पर्क रहेको समितिले भेट्टाएको स्रोतको भनाइ छ । गत ७ माघमा यूएर्इबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो । र, त्यो सुन खोज्ने क्रममा भरिया शाक्यलाई टर्चर दिएर हत्या गरिएको थियो । 

घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आरोप छ । यसबारे छानविनका क्रममा महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमख एसएसपी दिवेश लोहोनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल हेडक्वार्टर तानिएका थिए । सुन गायब र हत्यामा प्रहरीकै मिलेमतो रहेको आशंकामा अनुसन्धानका लागि गृह मन्त्रालयले सह–सचिव ईश्वर पौडेल नेतृत्वको छानवीन समिति गठन गरेको थियो । घटनामा संलग्न हालसम्म २२ जना पक्राउ परिसकेका छन् । २१ जना फरार छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू