अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५९ | Colorodo: 04:14

चार राष्ट्रपतिद्वारा स्व. बार्बारालाई श्रद्धाञ्जली

बिआरटीनेपाल २०७५ वैशाख ९ गते २१:४८ मा प्रकाशित

विभिन्न पुस्ताका ४ अमेरिकी राष्ट्रपति स्वर्गीय बार्बारा बुसलाई श्रद्धाञ्जली दिन एक ठाकै ठाउँमा आए । उनीहरूको संयुक्त फोटोले सर्वसाधारणको मन कति छोयो भन्ने सामाजिक सञ्जालमा शेयर भएको त्यसको फोटोले देखाउँछ ।

फोटोमा पूर्व राष्ट्रपति बाराक ओबामा, जर्ज डब्ल्यू बुस, बिल क्लिन्टन र जर्ज एच डब्ल्यू बुस त छिन् नै, प्रथम महिला मेलानिया ट्रम्प र पूर्व प्रथम महिलाहरू मिशेल ओबामा, लाउरा बुस र हिलारी क्लिटन पनि अटाएका छन् ।

फोटो जर्ज डब्ल्यू बुसका ह्वाइट हाउसस्थित पूर्व फोटोग्राफ फ मोर्सले खिचेका हुन् । उक्त फोटोलाई सुरुमा ट्वीट गर्ने व्यक्ति जर्ज एच डब्ल्यू (ह्वाइट हाउस) का तात्कालिन प्रवक्ता जिम म्याक ग्राथ हुन् । फोटोमा राष्ट्रपति डोनाल्ड ट्रम्प भने अटाएका छैनन् । उनी हउस्टनस्थित शनिवार आयोजित श्रद्धाञ्जली सभामा गएकै थिएनन् । उनको अनुपस्थितिको कारण सुरक्षा रहेको ह्वाइट हाउसले जनाएको छ ।

यो निर्णय बहालवाला राष्ट्रपतिको हकमा अस्वाभाविक होइन । आफ्नो कार्यकालमा मृत्यु भएका पूर्व प्रथम महिलाको श्रद्धाञ्जलीसभामा ओबामा र बुस कसैले पनि भाग लिएका थिएनन् । क्लिन्टन भने सन् १९९४ मा मृत्यु भएकी ज्याक्लिन केनडीको अन्त्यष्टीमा सहभागी बनेका थिए ।

फोटोमा धेरैले तुरुन्त प्रतिक्रिया जनाए । थुप्रै प्रतिक्रिया पूर्व नेतृत्वको चालचलनसँग सम्बन्धित छ । क्लिन्टन र जर्ज डब्ल्यू बुस प्रशासनमा गुप्तचर प्रमुखका रूपमा काम गरेका डेचिस प्रेसले समेत प्रचित्रिया दिएका छन् ।

Photo: google

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू