अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२४ | Colorodo: 04:39

नग्न बन्दूकधारीको आक्रमणबाट अमेरिकामा चारको मृत्यु, तीन घाइते (भिडियो सहित)

बिआरटीनेपाल २०७५ वैशाख ९ गते १२:०७ मा प्रकाशित

टेनेसी, अमेरिकाको दक्षिणी राज्य टेनिसीको न्यासभिल शहर नजिकैको वाफल हाउसमा आज बिहान एक जना नग्नरूपमा आएको बन्दूकधारीले रेस्टुरेन्ट बाहिर पार्किङ स्थलमा उभिइरहेका केही व्यक्तिमाथि आक्रमण गर्दा चार जनाको मृत्यु भएको छ । घटनामा कम्तीमा तीन जना घाइते भएका छन् ।

अमेरिकी सञ्चारमाध्यम एबीसीले जनाएअनुसार आक्रमणकारीको गोली लागि दुई जनाको घटनास्थलमा, एक जना प्रहरीको नासभिल प्रहरी विभागको कार्यालयमा र एक जनाको उपचारका क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको छ ।

आक्रमणकारीलाई घटना स्थलसम्म पुर्‍याएको गाडी २९ वर्षीय ट्राभिस रेङ्किङको नाममा दर्ता रहेको र घटनामा उसको सम्लग्नता भएको आशङ्कामा उक्त व्यक्तिलाई प्रहरीले खोजी गरिरहेको छ । 

तर घटनाबारे जानकारी गराउँदै वाफल हाउस, ३५७१ मफरिसबोरो पाइकमा परिचय नखुलेको नाङ्गै आएको एक व्यक्तिले बिहानै ३ः२५ बजे गोली चलाउँदा तीन जनाको मृत्यु भएको र चार जना घाइते भएका प्रहरीले ट्वीटरमार्फत जानकारी गराएको छ । आक्रमणकारीको हतियार रेस्टुरेन्टका एक जना लगानीकर्ताले खोसेपछि उक्त व्यक्ति खाली खुट्टा भागेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू