अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३७ | Colorodo: 18:52

दुवै अध्यक्षबिच दुई घण्टा एक्लाएक्लै वार्ता

बिआरटीनेपाल २०७५ वैशाख ८ गते ८:४४ मा प्रकाशित

काठमाडौँ, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बिचको पार्टी एकीकरणलाई निष्कर्षमा पु¥याउने विषयमा दुवै पार्टीका अध्यक्षबिच आज पनि वार्ता भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा दुई घण्टासम्म चलेको एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच गम्भीर छलफल भएको हो ।

पार्टी एकीकरणका विषयमा भएको दुवै अध्यक्षबिच सकारात्मक छलफल भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टी एकताको विषय सकारात्मक रूपमा अगाडि बढेको छ ।

पार्टी एकीकरणका विषयलाई अन्तिम रूप दिन दुवै अध्यक्ष गम्भीरतापूर्वक लाग्नुभएको बताइएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू