अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५३ | Colorodo: 01:08

मोरिसभिले, नर्थ क्यारोलिनामा भोलि नेपाल डे परेड हुँदै

बिआरटीनेपाल २०७५ वैशाख ७ गते १२:१३ मा प्रकाशित

नयाँ वर्ष २०७५ को अवसर पारेर मोरिसभिले, नर्थ क्यारोलिनामा भोलि (अप्रिल २१, २०१८) ‘नेपाल डे परेड’ गर्दै छ । शुभकामना आदान प्रदान सहित आयोजना हुने परेडमा विभिन्न खाले नेपाली भेषभूषा एवं संस्कृति प्रस्तुति गरिनेछ ।

कार्यक्रममा मोरिसभिले तथा आसपासका सहरबाट दर्जनौँ नेपाली तथा विदेशीहरूको सहभागिता हुने विश्वास लिइएको छ । परेडमा विशेषता: विभिन्न नेपाली सङ्घसंस्था एवं नेपालका शुभचिन्तक अमेरिकीहरूको उत्साहजनक उपस्थिति हुनेछन् ।

नेपालीज सेन्टर अफ नर्थ क्यारोलिना (NCNC) आयोजना गरेको कार्यक्रममा झन्डै १०० किसिमका नेपाली टिपिकल सामानहरूको प्रदर्शन नेपाली एसोसिएसन इन साउथ इष्ट अमेरिका (NASeA) ले गर्नेछ उक्त कुराको जानकारी नासा महसचिब कृष्ण श्रेष्ठले बिआरटी नेपालसँगको कुराकानीमा बताए । 

नेपाली नयाँ वर्षको अवसर पारेर अप्रिलको तेस्रो शनिवार नेपाल डे परेडको आयोजना गत साल देखी गर्न थालि एको हो । नेपाल डे परेड २०१८ मा नर्थ क्यारोलिनाबासी सबै नेपालीहरू आ-आफ्नो जातीय, परम्परागत, सांस्कृतिक भेषभुषामा उपस्थित हुँनुहुन आयोजक संस्था नेपालीज सेन्टर अफ नर्थ क्यारोलिनाले अनुरोध गरेको छ । परेड दिनको दुई बजे देखी ६ बजे सम्म सेडार फोर्क कम्युनिटी सेन्टर देखी चर्च स्ट्रिट पार्क, मोरिसभिल्ले, नर्थ क्यारोलिनामा हुनेछ ।

Date: April 21, 2018 (Saturday)
Time: 2 – 6 PM
Venue: Cedar Fork community center to church St park, Morrisville, NC

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू