अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०२ | Colorodo: 01:17

बौद्धिक भेलाको लागि गौरी जोशीको संयोजकत्वमा मूल आयोजक समिति गठन

बिआरटीनेपाल २०७५ वैशाख ३ गते १९:१७ मा प्रकाशित

अमेरिका क्यानडा लगायत विश्वका विभिन्न देशमा रहेर आफ्नो विषय र क्षेत्रमा दक्षता हासिल गर्नुभएका गैर आवासीय नेपालीको सहभागितामा अमेरिकाको क्यालिफोर्निया स्थित सनफ्रान्सिस्कोमा जुन १६ र १७ मा आयोजना हुन लागेको बौद्धिक भेला तथा NRNNCC USA को साधारण सभा सफल बनाउन क्षेत्रीय संयोजक गैारीराज जोशीको संयोजकत्वमा मूल आयोजक समितिका साथै, प्रभावकारी व्यवस्थापनका लागि विभिन्न समिति गठन गरिएको छ ।  उक्त कुरा अमेरिकाज क्षेत्रीय संयोजक गैारीराज जोशीले जानकारी गराउनु भएको हो । साथै मूल समितिलाई आवश्यक मार्गदर्शन गर्न निम्नानुसारका व्यक्तित्व सम्मिलित सल्लाहकार समितिमा पनि गठन भएको छ ।

डा अम्बिका अधिकारी,
खगेन्द्र जिसी,
डा. यादव पण्डित,
डा शोभा गौतम,
हरिबोल भण्डारी,
रतन झा,
शिव राई,
डा द्रोण रसाइली,
डा लक्ष्मी पाठक,
डा अमोद पोख्रेल,
डा. पुरु श्रेष्ठ 

त्यसै गरी सम्मेलनमा पेस गरिने कार्यपत्र तथा शोधपत्रहरूको रिभ्यु र सम्मेलनको अन्त्यमा जारी गरिने श्वेतपत्रको प्रकाशनका लागि डा रुद्र अर्यालको संयोजकत्वमा निम्नानुसारको Abstract review & Whitepaper publication comittee पनि गठन भएको छ।

Dr. Rudra Aryal – Co-Ordinator
Er. Satish Tripathi
Dr. Deshraj Sonyok
Bhim Karki – CPA
Dr. Krishna Hari Gautam (Canada)
Dr. Tara Sigdel (Professor University of California Francisco)
Dr. Toya Baral ( Principal scientist)
Dr. Basant Dungana ( Resource Economist )

विज्ञ सम्मेलनलाई प्रभावकारी व्यवस्थापनका लागि गैारी जोशीको संयोजकत्वमा निम्नानुसारको Steering कमिटी पनि गठन गरिएको छ।

Gouri R Joshi – Chair
Dr. Keshav Poudel – Co-Chair
Gopi Kafle – Co-Host Canada
Ganesh Gurung – Co-Host Brazil
Durga Aryal – Co-Host Chile
Nabin Serchan
Kunga Sherpa
Pramila Basnet -Canada
Dilli Bhattarai (Expert conference convener)
Rajan Tripathi
Bed Basnet
Bijay Ghimire – Media
Uma Karki Thapa – NCCUSA (AGM convener)
BR Lama -NCCUSA
Binod Tiwari- NCCUSA

त्यस्तै गैारी जोशीको संयोजकत्वमा गठित मूल आयोजक कमिटीमा NRNA Americas Region का सँपूर्ण पदाधिकारीहरू, NRNA ICC का विभिन्न टास्कफोर्सका नियुक्त chair/co-chairs,
NRNA NCC of USA का अध्यक्ष Keshab Paudel लगायत कमिटीका सम्पूर्ण पादाधिकारिहरु, NRNNCCUSA california chapter का अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरू, सल्लाहकारहरू Uttam Karki, Krishana koirala, Tika Chaudhari, Dendi Sherpa, वरिष्ठ समाजसेवी Bhakta Thapa, Dhananjaya Narsing KC, Iswor Sapkota तथा सङ्घसंस्था का प्रमुख् हरू Uttam Karki-WANA, Rabindra Rai-NANC, Rajen Thapa-Lions International District 4C3, Ganga KC, -Sunny Sagarmatha Samaj, Subash Thapa -Creative Nepal Youth Club, Kumar Dong,-Tamang Cooperation Society, Dev Kirat, -Janajati Mahasangh, Nirmal Phunyal -Lions Clubs, Dikendra Maskey-Everest Club, Durga Dahal-Global Culture Network, Tika Subedi -NSC, Tara Baral-NAFCA, Mani Nepali Paneru-NAGC, Sushmita Sijapati-NWGN California र Uddab KC-The White Zone, हुनुहुन्छ|

त्यसै गरी क्षेत्रीय उप सम्योजक नवीन सेरचनको सम्योजकत्वमा निम्न व्यक्तिहरू सम्मिलित Joint Fund Raising कमिटी गठन भएको छ |

Nabin Serchan – DRC – Fundraising Coordinator
Rishi Dhakal, Bed Basnet, Suneel Shah, Dr. Prakash Arayal, Suresh Pokhrel, CK Parajuli, Uttam Karki, Chandra Adhikari -Canada, Abhimanyu Basnet – Canada, Rabindra Karki, Shashi Adhikari, Rambabu Pandey, Narayan Puri, Hom Goutam, Purna Sherpa, Dendi Sherpa, Ishwar Sitaula, Chandra Dhital, Harihar Dahal र Rekh Upreti हुनुहुन्छ ।

त्यसका अलावा आवश्यकता अनुसार थप अन्य समिति र उपसमिति पनि गठन गरिने छ ।

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) एनआरएनए अमेरिकाज् र एनआरएनए अमेरिकाको संयुक्त पहलमा पहिलोपटक यो भेला अमेरिकामा हुन लागेको हो । यस भेलाबाट छनैाट भएका शोधपत्र र कार्यपत्रहरूलाई आगामी अक्टोबर महिनामा नेपालीमा हुने ग्लोबल सम्मेलनमा समावेश गरिने छन्। गैर आवासीय नेपाली सङ्घका उपाध्यक्ष कुमार पन्तले हालै काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा काठमाडौँमा हुने विज्ञ सम्मेलन अघि क्षेत्रीय स्तरमा हुन लागेका यी सम्मेलन महत्त्वपूर्ण भएको बताउनु भएको छ ।

विदेशमा रहेर विभिन्न विज्ञता हासिल गरेका नेपाली र नेपाल प्रति चासो राख्ने विदेशी विज्ञहरुसग तादाम्यता गरी नेपालमा अध्ययन, अनुसन्धान केन्द्र तथा व्यावसायिक संस्थालाई जोड्न मद्दत पुर्‍याउने उद्देश्यले यो कार्यक्रम लागिएको हो ।

भेलामा अमेरिका क्यानडा लगायत विश्वका विभिन्न देशमा कार्यरत वैज्ञानिक, प्राध्यापक, डाक्टर, इन्जिनियर, व्यवसायी, विदेशमा राजनीतिमा संलग्न लगायत कुनै विषयमा दक्षता हासिल गर्नुभएका नेपाली र नेपाली मूलका गैर आवासीय नेपाली सहभागी हुनुहने छ । सम्मेलनको मुख्य उद्देश्य विदेशमा आफ्नो विषयमा दक्ष गैर आवासीय नेपालीको ज्ञान र सिपलाई नेपालको आर्थिक विकास र समृद्धिमा कसरी जोड्न सकिन्छ भन्ने रहेको छ ।

अहिलेसम्म प्राप्त प्रतिक्रियाले उत्साहित बनाएको छ जोशीले भन्नुभयो । हामी सकेसम्म यस क्षेत्रमा वस्नुहुने आफ्नो क्षेत्र र विषयमा दक्ष बौद्धिक व्यक्तित्वहरू यस कार्यक्रममा सहभागिता होस भन्ने चाहान्छौं जोशीले भन्नु भयो नेपालवाट पनि सरकारका उच्च अधिकारी कार्यक्रममा आउनुहुनेछ यसले गर्दा यो सम्मेलन विदेशमा बस्ने बौद्धिक वर्गलाई नेपालसँग कसरी जोड्न सकिन्छ उपायहरू खोज्ने थलो पनि हुने छ ।

एनआरएन आईसीसी सदस्य तथा विज्ञ सम्मेलनका कन्भेनर डिल्ली भट्टराई भन्नुहुन्छ – सृजना र आविष्कारका लागि कहलिएको क्यालिफोर्नियाको सनफ्रान्सिस्कोमा हुन लागेको बौद्धिक भेलाप्रति हामीहरू निकै उत्साहित भएका छौँ । क्यालिफोर्नियामा पनि थुप्रै क्षेत्रमा स्थापित नेपाली बौद्धिक वर्ग हुनुहुन्छ उहाँहरूले पनि यस भेलाका लागि हौसला बढाइरहनु भएको छ । साथै अमेरिकी कँग्रेसम्यान रो खन्नाले समेत सम्मेलनमा सहभागिता जनाउने जानकारीले हामी थप उत्साहित भएका छैा ।

चिकित्सा, प्रविधि, अर्थशास्त्र, विज्ञान, उद्योग व्यवसाय लगायत थुप्रै विषयमा सफल दक्ष नेपाली विभिन्न देशमा कार्यरत हुनुहुन्छ । यो सिप र दक्षतालाई नेपालमा कसरी उपयोग गर्न सकिन्छ यसका लागि बौद्धिक वर्गसँगै सल्लाह सुझाव लिन भेला आयोजना गर्न लागिएको हो । भेलामा नेपाल सरकारका विशिष्ट अधिकारी, बौद्धिक व्यक्तित्व र व्यवसायी पनि सहभागी हुनुहुने छ । बौद्धिक भेलामा एनआरएनएका केन्द्रीय पदाधिकारीपनि सहभागी हुनुहुने छ ।

थप जानकारी गर्नु परेमा गौरीराज जोशी, क्षेत्रीय संयोजक एनआरएन अमेरिका, rcamericas@nrna.org मा संपर्क गर्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू