अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०८ | Colorodo: 09:23

नर्थ क्यारोलिनामा नेपालीहरूले पनि विविध कार्यक्रमका साथ नेपाली नयाँ वर्ष मनाए

विनय अर्याल, नर्थ क्यारोलिना २०७५ वैशाख २ गते ९:४८ मा प्रकाशित

नेपाली नयाँ वर्ष २०७५ ल़ाइ नेपाल तथा विदेशमा रहेका नेपालीहरूले भव्यताका साथ स्वागत गरेका छन् । अमेरिकाको नर्थ क्यारोलिनाको हाई पाइन्टमा रहेका नेपालीहरूले पनि विविध कार्यक्रमका साथ नेपाली नयाँ वर्ष मनाएका छन् । ट्रिनद नेपाली सोसाइटी (TNCC) को आयोजनामा भएको कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम गरिनुका साथै मिठा मिठा परिकारका खानाका साथमा नेपालीहरूले एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए । संस्थाका अध्यक्ष सान्त्वना खड्काको सभापतित्व सम्पन्न भएको कार्यक्रममा संस्थाको साधारण सभा पनि सम्पन्न भएको थियो ।

साधारण सभाले संस्थाको गतिविधि सञ्चालन गर्ने उदेश्यका लागि नयाँ भवन निर्माण गरिने र सोको तयारीका लागि भवन निर्माण समितिलाई तत्काल कार्य सुरु गर्न लगाउने समेत निर्णय गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू