अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२० | Colorodo: 03:35

फेसबुक बन्द गर्ने निर्णय भएको छैन: सञ्चार मन्त्रालय

बिआरटीनेपाल २०७४ चैत ३० गते ८:२४ मा प्रकाशित

काठमाडौँ, नेपाल सरकारले नयाँ वर्ष २०७५ सालबाट सामाजिक सञ्जाल फेसबुक नेपालमा बन्द हुने कुरा हल्ला मात्रै रहेको प्रस्ट पारेको छ । सञ्चार मन्त्रालयको लेटर प्याडको दुरुपयोग गरेर फेसबुक बन्द हुने कुरा सामाजिक सञ्जालमा फैल्याइएपछि यस्तो खण्डन आएको हो ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र ढकालले भन्छन्, यस मन्त्रालयले फेसबुक सहितका कुनै पनि सामाजिक सञ्जाल बन्द गराउने, प्रतिबन्ध लगाउने गरी कुनै निर्णय गरेको छैन’, उनी थप्छन ‘त्यस्तो गलत सूचना प्रवाह गर्ने व्यक्तिलाई कानुनी कारबाही चलाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोलाई अनुरोध गरिसकेका छौँ ।’ 

मन्त्रालयले त्यस्ता भ्रामक सूचनामा विश्वास नगर्न र त्यस्ता गलत सूचना प्रवाह गरेको भए सामाजिक सञ्जालबाट त्यसलाई हटाउन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू