अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४४ | Colorodo: 13:59

असारभित्र सबै स्थानीय तहमा बैंक पुग्ने’

बिआरटीनेपाल २०७४ चैत १७ गते २०:१५ मा प्रकाशित

बेँसीशहर, लमजुङ,  नेपाल राष्ट्र बैङ्कका गभर्नर डा चिरन्जीवी नेपालले मुलुकका सबै स्थानीय तहमा चालु आर्थिक वर्षभित्रै वित्तीय पहँुच पुग्ने बताउनुभएको छ ।

शनिवार लमजुङको बेँसीशहरस्थित सिभिल बैङ्क शाखाको उद्घाटन गर्दै उहाँले सबै नागरिकलाई वित्तीय क्षेत्रको पहुँचमा ल्याउन आफूहरू लागिपरेको बताउनुभयो । “असार मसान्तभित्र ७५३ स्थानीय तहमा वित्तीय संस्था पुग्छन्”–गभर्नर नेपालले भन्नुभयो, “एउटै स्थानीय तहमा ३५ करोडसम्मको बजेट हुन्छ, र त्यसको कारोबार बैङ्कबाटै हुन्छ ।”

विकट तथा ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पु¥याउन हरेक स्थानीय तहमा कम्तीमा एउटा बैङ्क खोल्ने नीति राष्ट्र बैङ्कले लिएको उहाँको भनाइ थियो । सिभिल बैङ्कले ५९ औँ शाखाका रूपमा बँेसीशहरमा शाखा विस्तार गरेको हो । योसँगै सिभिल बैङ्कले लमजुङमा पाँच शाखा विस्तार गरिसकेको छ । नेपालभर बैङ्कको कुल ५९ शाखा रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू