अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२३ | Colorodo: 06:38

नेपालका सपुत डा.बालकृष्ण थापाको नाममा

बिआरटीनेपाल २०७४ चैत ८ गते २२:०१ मा प्रकाशित

अस्पतालमा तिमीलाई बिरामी कुर्दै थिए यता
तिनका आशा मारेर तिमी कसरी बिलायौ उता
महान् थियौ ! देशलाई भयो अपूरणीय क्षति !
तिमीलाई सम्झी दुख्छ मेरै मन नि कता कता

त्रिभुवन विमान स्थलमा भएको बंगलादेशी विमान दुर्घटनामा परी घाइते हुनहुनेहरुको शीघ्र स्वास्थ्यलाभको कामना ।मृत्यु हुनेहरूका आत्माको शान्तिको कामना गर्दछु ।

———–
सागर सिलवाल
सिमा पोख्रेल

डा. बालकृष्ण थापा भरतपुरको वीपी कोइराला मेमोरीयल क्यान्सर अस्पतालका बरिष्ठ न्यूरो सर्जन हुन् । काभ्रेको कुशादेवी-३ मा २०२४ माघ ४ मा जन्मिएका डा. थापा चिकित्सकीय पेशाका अलवा साहित्य सिर्जनामा पनि सक्रिय थिए ।

२०४१ सालको एसएलसीमा काभ्रे जिल्ला प्रथम भएका उनले सरकारी छात्रवृत्ति पाएर एमवीवीएस अध्ययन गरे । त्यसपछि उनले कहिल्यै दोस्रो हुनु परेन । २०५१ सालका एमवीवीएस गोल्ड मेडलिष्ट हुन् उनी । ढाकास्थित बंगबन्धु शेखमुजिब विश्वविद्यालयबाट न्युरोमा एमएस गरे । त्यहाँ पनि टप गरे । चिकित्सा शिक्षा अध्ययनका क्रममा ३ पटक गोल्ड मेडल प्राप्त गरे ।

युएस–बाङ्ला एयरलाइन्सको विमान दुर्घटनामा वरिष्ठ न्युरो सर्जन बालकृष्ण थापाको निधन भएको छ। हार्दिक श्रद्धाञ्जली डा. बाल कृष्ण थापा ।

प्रतिक्रिया