अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१२ | Colorodo: 03:27

मानव अधिकार आयोग र राष्ट्रपति भण्डारीबिच छलफल

आयोगले आयोजना गर्ने अन्र्तराष्ट्रिय सम्मेलन तथा मानव आधिकारका विविध विषयमा छलफल

बिआरटीनेपाल २०७४ चैत ७ गते ११:२८ मा प्रकाशित

राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष तथा सदस्यहरु सहितको टोलीले नवनिर्वाचित सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरी उहाँको कार्यकालको सफलताको शुभकामना ब्यक्त गरेको छ ।

सो क्रममा आयोग द्वारा आगामी चैत २६ देखि २८ सम्म काठमाडौंमा हुने  Identifying Challenges, Assessing Progress, Moving Forward: Addressing Impunity and Realizing Human Rights in South Asia सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्देश्य तथा अवधारणाका सम्बन्धमा सम्माननीयज्यू समक्ष आयोगका माननीय अध्यक्ष अनूप राज शर्माले अवगत गराउनु भयो ।

उक्त भेटघाटमा मानव अधिकारको वर्तमान अवस्थाका सम्बन्धमा समेत छलफल भएको थियो । देशमा विद्यमान महिला हिंसा, छाउपडी प्रथा, बोक्सी, छुवाछुत तथा जातीय विभेद, बाल अधिकार, जेष्ठ नागरिकका अधिकार लगायतका विषयमा गम्भीरतापूर्वक छलफल भई यस सम्बन्धमा नेपाल सरकारलाई तदारुकताका साथ कार्य गर्न, गराउन ध्यानाकर्षण गर्नुपर्ने विषयमा सम्माननीय राष्ट्रपतिज्यूबाट निर्देशन हुुनुपर्ने औंल्याइएको थियो ।

भेटघाटको क्रममा समाजमा व्याप्त कुरीतिहरु विरुद्ध तथा मानव अधिकारको सम्मान र संरक्षणको लागि समाजको सबै पक्षबाट सहयोग आवस्यक रहने विचार सम्माननीय राष्ट्रपतिज्यूबाट व्यक्त भएको थियो ।

प्रतिक्रिया