अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५१ | Colorodo: 21:06

चौथो ‘एजे कप भलिबल प्रतियोगिता’ फागुन २४ बाट

बिआरटीनेपाल २०७४ फागुन २२ गते ५:०५ मा प्रकाशित

आर्दश ज्योती (एजे) सेकेण्डरी स्कुल पाण्डुबजार भक्तपुरको आयोजनामा फागुन २४ गतेदेखि २८ गतेसम्म चौथो एजे कप भलिबल प्रतियोगिता हुने भएको छ ।प्रतियोगिताका बारे आज स्कुलमा आयोजित पत्रकार सम्मेलनमा स्कुलका प्रिसिन्पल कृष्णराम दुवालले सो कुराको जानकारी दिएका हुन् ।

उनले विद्यार्थीलाई स्वस्थ बनाउन, बिभिन्न कुलतबाट जोगाउन र पढाईप्रति लगाव बढाउन खेलकुदले निक्कै सहयोग पुर्याउने भएकाले प्रतियोगितालाई निरन्तरता दिई रहेको बताए ।

काठमाडौ उपत्यकाभित्रका कक्षा १२ सम्मका विद्यार्थीहरुको सहभागिता रहने प्रतियोगितामा काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका छात्रतर्फ १० टिम र छात्रातर्फ ७ टिम गरी कूल १७ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमश १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कारका साथै शिल्ड, मेडल, प्रमाणपत्रको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

त्यस्तै, बिधागततर्फ उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लककर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षक तथा प्लेयर अफ दि टुनामेन्टलाई पुरस्कृत गरिने छ । प्रतियोगितामा २ लाख ५० हजार खर्च लाग्ने आयोजकले जनाएको छ । नेपाल भलिबल संघ र फेडेरेशन अफ इन्टरनेशल भलिबल(फिब) को नियमानुसार प्रतियोगिता हुने आयोजकको भनाइ छ ।

प्रतिक्रिया