अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१७ | Colorodo: 19:32

अस्टिनमा स्वास्थ्य तथा सुरक्षा जागरण कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७४ फागुन १५ गते २१:१८ मा प्रकाशित

ग्रेटर अस्टिन नेपाली सोसाइटी स्वास्थ्य विभागको आयोजनामा “स्वास्थ्य तथा सुरक्षा जागरण कार्यक्रम” यही गत फेब्रुअरी २५ का दिन टेक्ससको सदरमुकाम अस्टिनमा सम्पन्न भएको छ । जन स्वास्थ्य र सुरक्षाका सबै पक्षेहरुलाई सकेसम्म समेटेर उक्त जागरणमुखी प्रशिक्षण गरिएको थियो । खानपान र बानीब्यहोरामा सन्तुलन ल्याउन सके यस्ता समस्याहरूबाट बच्न सकिने र उचित शिक्षा यसकोलागी सहयोगी हुने देखिन्छ ।

कार्यक्रममा कृष्ण जिसीले खानपान जीवन शैली र कसरी स्वस्थ रहने भन्ने विषयमा प्रशिक्षण दिनु भएको थियो भने मेडिकेड डाईरेक्टर डा. राजेन्द्र परिख तथा जेनीले जनस्वास्थ्य र सरकारी सुविधाको बारेमा साथै डा. शर्मिला भट्टले मानसिक स्वास्थ्यको बारेमा प्रशिक्षण दिनु भएको थियो ।

डा. प्रमोद शर्माले तयार गरेको विषय healthy leaving and preventive care लाई पनि डा. शर्मिलाले नैं कभर गर्नु भएको थियो किनभने उहाँका ससुरा बुबाको दुखद निधन भएका कारण उपस्थित हुन सक्नुभएन । त्यसै गरी विभिन्न खाले लुटपाट र आक्रमणका घटनाहरूबाट कसरी बच्ने भन्ने विषयमा (आत्म सुरक्षा) वरिष्ठ कलाकार सुवास थापाले एक विशेष नाटक प्रस्तुत गर्नु भएको थियो । 

प्रतिक्रिया