अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२५ | Colorodo: 00:40

गायक नरेन लिम्बु अब निर्देशक पनि – चलचित्र ‘आस्था’को छायांकन सुरु

बिआरटीनेपाल २०७४ फागुन ११ गते २३:२८ मा प्रकाशित

आस्था व्याण्डका गायक नरेन लिम्बु अब चलचित्र क्षेत्रमा पनि आउने भएका छन् । उनले दिदी र भाइबिचको सम्बन्धको कथामा निर्माण हुन लागेको ‘आस्था’ नामक चलचित्र निर्देशन गर्ने भएका हुन् ।

चलचित्रमा अभिनयबाट डेब्यु गरेका लिम्बु स्वयंमले चलचित्रको लागि कथा लेखेका हुन्।   चलचित्रको छायांकन यहि साताबाट फ्लोरमा निस्किएको छ । आफ्नो जन्मदिन पारेर छायांकनमा निस्किएका नरेनले चलचित्रको नाम सांगीतिक ब्यान्ड आस्थाबाट प्रेरित भएर राखेको जनाएका छन् ।

फिल्ममार्फत नरेनसँगै गायक सुदिप गुरुङको पनि फिल्म डेब्यु हुनेछ । चलचित्रमा नरेनको बहिनीको रुपमा थिएटर कलाकार कुशुम गुरुङ र मिस युके नेपाल २०१७ सिर्जना गुरुङको पनि अभिनय रहने बताइएको छ ।

प्रतिक्रिया