अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३२ | Colorodo: 09:47

नयाँ सरकार गठन पश्चात मुलुक आर्थिक समृद्धिको मार्गमा अघि बढ्ने महासंघको अपेक्षा

बिआरटीनेपाल २०७४ फागुन ७ गते १०:२१ मा प्रकाशित

नयाँ सरकार गठन पश्चात मुलुक आर्थिक समृद्धिको मार्गमा अघि बढ्ने अपेक्षा गर्दै नेपाल घरेलुतथा साना उद्योग महासंघले नेपालको संविधान २०७२ अनुरुप संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो र नेपालको ४१ औं प्रधानमन्त्री बन्न सफल हुनु भएकोमा केपी शर्मा ओलीलाई बधाई ज्ञापन गरेको छ ।

मुलुकभरका तीन लाख भन्दा बढी लघु, घरेलु तथा साना उद्योगीहरुको छाता सङ्गठन महासंघले मुलुकको आर्थिकविकासका लागि क्रियाशील रहन घोषणपत्रमार्फत सबै राजनैतिक दलहरुले प्रतिवद्धता जाहेर गरेको सन्दर्भमा नयाँ सरकारर सबै प्रमुख राजनैतिक दलहरू मुलुुकको आर्थिक विकासका लागि समर्पित रहनुपर्ने स्मरण गराउँदै यसप्रति प्रतिवद्ध रहन आग्रह गरेको छ ।

नयाँ सरकारले अबको बाटो आर्थिक रुपान्तरणको हुनुपर्ने विषयलाई आत्मसातगरी आर्थिक समृद्धिको एजेण्डालाई नैप्राथमिकतामा राख्नुपर्नेमा महासंघको जोड छ ।

प्रधानमन्त्री ओलीको नेतृत्वमा लामो समयको अन्तरालपछि मुलुकमा वामपन्थीहरुको स्थायी सरकार गठन भएकोपरिप्रेक्ष्यमा अब मुलुक आर्थिक समृद्धिको मार्गमा अघि बढ्ने अपेक्षा गरिएको भन्दै महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले भन्नुभयो – ‘मुलुकको आर्थिक समृद्धि तथा आत्मनिर्भरता र रोजगारी सिर्जनाको एउटा प्रमुख माध्यम लघु, घरेलु तथासाना उद्योग भएकाले यस स्थिर सरकारले यस्ता उद्योगको विकास र उद्योगबाट सिर्जित उत्पादनको प्रवद्र्धनका लागिनीतिगत व्यवस्था गरि स्थानीय, प्रदेश र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी कदम चाल्ने अपेक्षा हामी लघु,घरेलु तथा साना उद्यमी र सम्पूर्ण निजी क्षेत्रले गरेका छौं ।’

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान बमोजिम तपाईको नेतृत्वमा सरकार गठन भई मुलुक नयाँ युगमा प्रवेशगरेको सन्दर्भमा मुलुकको अग्रगामी आर्थिक विकासका लागि तपाईको दुरदर्शीता, अग्रगामी सोच र सबल नेतृत्वले छोटोसमयमा नै आर्थिक संवाहकको रुपमा रहेका लघु, घरेलु तथा साना उद्योग क्षेत्रको विकास र प्रवद्र्धनमार्फत मुलुकलेआर्थिक विकासमा फड्को मार्ने विश्वास व्यक्त गर्दै नयाँ नेतृत्वको सरकारको सफलताको शुभकामना व्यक्त गरेको छ ।

स्थिर सरकार गठनसँंगै मुलुकले आर्थिक समृद्धि हासिल गर्ने विश्वास महासंघले गरेको छ । मुलुकको आर्थिक समृृद्धिकालागि स्थायी सरकारको महत्वमाथि चर्चा गर्दै महासंघले स्थायी सरकारले मुलुकको आर्थिक बृद्धि गर्न महत्वपूर्ण भूमिकाखेल्ने जनाएको छ ।

प्रदेश सरकार र स्थानीय सरकारले पनि समुन्नतिका लागि स्थानीय कला, संस्कृतिको सम्वद्र्धन र संरक्षण गर्दैस्थानीयस्तरमा पाइने कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवद्र्धनका लागि कार्य गर्नआग्रह गर्दै महासंघले यस कार्यमा सबै स्तरमा सहयोग पु¥याउन प्रतिवद्धता व्यक्त गरेको छ ।

विगतमा लाखौं युवा वैदेशिक रोजगारीमा जान वाध्य भएको परिप्रेक्ष्यमा नेपालको आर्थिक समृद्धिको आधार र रोजगारीसिर्जनाको एउटा प्रमुख माध्यम लघु, घरेलु तथा साना उद्योग भएकाले अब बन्ने स्थिर सरकारले यस्ता उद्योगको विकासर यस्ता उद्योगबाट हुने उत्पादनको प्रवद्र्धनका लागि नीतिगत व्यवस्था गरी स्थानीय, प्रदेश र राष्ट्रिय तथाअन्तर्रा्ष्ट्रियस्तरमा प्रभावकारी कदम चाल्न आवश्यक रहेको महासंघले जोड दिएको छ ।

अब मुलुक संक्रमणकाल पूरा गरी स्थिरतातर्फ उन्मुख भएको हुँदा जनआकांक्षा अनुरूप मुलुक आर्थिक विकासको मार्ग तिरलाग्ने कुरामा विश्वास गर्न सकिने वातावरण बनेको महासंघले महसुस गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू