अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४० | Colorodo: 22:55

अमेरिकी विद्यालयमा अहिले सम्म ३२ गोलीकाण्ड, कहिले, कहाँ कहाँ ?

बिआरटीनेपाल २०७४ फागुन ५ गते २१:२१ मा प्रकाशित

कोलोराडो र वासिङ्टनमा अहिले सम्म ३, ३ पटक …
क्यालिफोर्नियामा २ पटक…

अमेरिकामा विद्यालयमा गोलीकाण्ड भइरहन्छ । यहाँ विद्यालयमा भएका गोलीकाण्डको सूची प्रस्तुत गरिएको छ । यो सूचीमा आत्महत्या, झगडामा परेर मृत्यु वा ग्याङसँग सम्बन्धित घटना समावेश गरिएको छैन ।

१४ फेब्रुअरी २०१६ः मर्जोरी स्टोनम्यान डग्लस हाइ स्कुल, पार्कल्याण्ड, फ्लोरिडा (Marjory Stoneman Douglas High School – Parkland, Florida)
यो विद्यालयका पूर्व विद्यार्थी निकोलस क्रुज, १९ ले एआर–१५ राइफल चलाए जसबाट १७ जनाको मृत्यु भयो भने १४ घाइते भए । सुरक्षा निकायहरूका अनुसार बढी क्षति पुर्‍याउन क्रुजले घटनास्थलमा मानिसहरू जम्मा गर्नका लागि फायर अलार्म बजाएका थिए । उनीमाथि १७ मानिसको हत्या अभियोग छ । 

१३ जनवरी २०१८ः मार्शल काउन्टी हाइ स्कुल, बेन्टन, केन्टुकी (Marshall County High School – Benton, Kentucky)
एक १५ वर्षीय छात्रले गोली चलाए जसबाट २ जनाको मृत्यु भयो भने १८ घाइते भए । अभियुक्तलाई घटनास्थलबाटै गिरफ्तार गरियो ।

७ डिसेम्बर २०१७ः एज्टेक हाइट स्कुल, मेक्सिको (Aztec Hight School – Aztec, New Mexico)
यो घटनामा विलियम एट्चिसनले गोली चलाए जसमा केसी जोर्डन र फ्रान्सिस्को फर्नान्डेज मारिए । गोली चलाउने एट्चिसन पूर्व विद्यार्थी हुन् । उनको पनि घटनामा मृत्यु भयो । उनले आफैँलाई गोली प्रहार गरेको र त्यसबाट उनको पनि मृत्यु भएको प्रहरीको विश्वास छ ।

१३ सेप्टेम्बर २०१७ः फ्रिम्यान हाइ स्कुल, वासिङ्टन (Freeman High School – Spokane, Washington)
यो घटनामा एक विद्यार्थीको गोली प्रहारबाट १ जनाको मृत्यु भयो भने थप ३ जना घाइते भएका थिए ।

१० अप्रिल २०१७ः नर्थ पार्क इलेमेन्ट्री स्कुल, क्यालिफोर्निया (North Park Elementary School – San Bernardino, California)
यो विद्यायलमा भएको गोलीकाण्डमा ८ वर्षीय जोनाथन मार्टिनेज र उनका शिक्षिका करेन स्मिथ मारिइन् । गोली स्मिथकी पति केड्रिक एन्डरसनले चलाएका थिए । गोलीकाण्डमा अरू २ विद्यार्थी घाइते भएका थिए । त्यसपछि एन्डरसनले आफैँमाथि गोली चलाएका थिए जसबाट उनको मृत्यु भएको थियो ।

२८ सेप्टेम्बर २०१६ः टाउन भिल्ले इलेमेन्ट्री स्कुल, दक्षिण क्यारोलिना (Townville Elementary School – Greenville, South Carolina)
यो विद्यालयमा एक १४ वर्षीय छात्रले गोली प्रहार गरे जसबाट तत्काल २ विद्यार्थी र एक शिक्षक घाइते भए । घाइते भएका विद्यार्थी ज्याकोब हलको ३ दिनपछि मृत्यु भयो । विद्यालय जानु अघि उनले आफ्नै बाबुको गोली प्रहार गरी हत्या गरेका थिए । उनी अहिले हिरासतमा छन् ।

२४ अक्टोबर २०१४ः मेरिभिल्ले पिल्चक हाइस्कूल, वासिङ्टन (Marysville-Pilchuck High School – Marysville, Washington)
यो विद्यालयको क्याफ्टेरियामा फ्रेसम्यान जेलेन फ्राइबर्ग भन्ने व्यक्तिले ५ जनामाथि गोली प्रहार गरे जसबाट एक जनाको तत्काल मृत्यु भयो । उनले आफैँमाथि पनि गोली प्रहार गरे जसबाट उनको पनि मृत्यु भयो । गोली लागेकी एक महिलाको उपचारका क्रममा २ दिनपछि मृत्यु भयो । गोली लागेका तेस्रो व्यक्तिको ३१ अक्टोबर र अर्कोको ७ नोभेम्बरमा मृत्यु भयो ।

१० जुन २०१४ः रेनल्ड हाइ स्कुल, अरेगन (Reynolds High School – Troutdale, Oregon)
यो गोलीकाण्डमा जरेड प्याडजेट नामक १५ वर्षीय छात्रले १४ वर्षीय इमिलो होफम्यानको हत्या गरेका थिए । त्यसपछि उनले आफैँमाथि गोली प्रहार गरेका थिए जसबाट उनको मृत्यु भएको थियो ।

१३ डिसेम्बर २०१३ः एरापाहो हाइ स्कुल, कोलोराडो (Arapahoe High School – Centennial, Colorado)
यो घटनामा १८ वर्षीय कार्ल पियर्सनले क्लेयर डेभिसमाथि गोली चलाएका थिए । त्यसपछि उनले आफैँमाथि गोली प्रहार गरी आत्महत्या गरेका थिए । गोली लागेका १७ वर्षीया क्लेयरको ८ दिनपछि मृत्यु भएको थियो ।

२१ अक्टोबर २०१३ः स्पार्क मिडिल स्कू, नेभाडा (Sparks Middle School – Sparks, Nevada)
यो विद्यायलमा १२ वर्षीय होसे रेयेसले गोली चलाएका थिए । गोली प्रहारबाट उनले आफैँलाई मारेका मात्र थिएनन्, शिक्षक माइक ल्याण्डस्बेरीलाई पनि मारेका थिए । गोली प्रहारबाट एक १२ वर्षीय छात्र घाइते भएका थिए ।

१४ डिसेम्बर २०१२ः स्याण्डी हुक इलेमेन्ट्री स्कुल, न्युटाउन, कनेक्टिकट (Sandy Hook Elementary School – Newtown, Connecticut)
यो घटनामा २० वर्षका आदम लान्जाले ६ देखि ७ वर्षका विद्यार्थी र ६ वयस्क सहित २० जना मारिदिए । त्यसपछि उनले गोली प्रहार गरी आफ्नै ज्यान लिए । यो घटनामा जम्मा २८ को मृत्यु भएको थियो ।

२७ फेब्रुअरी २०१२ः चार्डन हाइ स्कुल (Chardon High School – Chardon, Ohio)
१७ वर्षे टिजे लेनको गाली प्रहारबाट १६ वर्षीय डेनियल पार्मेर्टरको मृत्यु भएको थियो । अरू ४ विद्यार्थी घाइते भएका थिए । उपचारको क्रममा घटनाको भोलिपल्ट १६ वर्षीय दिमित्रस हेलिनको मृत्यु भएको थियो भने १७ वर्षे रसेल किङ जेआरको दिमाग मृत घोषणा गरिएको थियो । लेनलाई मार्च २०१३ मा जन्म कैद दिइएको थियो । सेप्टेम्बर २०१४ मा उनी जेलबाट भागेपनि भोलिपल्ट प्रहरीको फन्दामा परेका थिए ।

५ जनवरी २०११ः मिलर्ड साउद हाइ स्कूलः ओमाहा नेब्रास्कका (Millard South High School, Omaha, Nebraska)
यो विद्यायलमा १७ वर्षीय रबर्ट बट्लरले प्रधानाध्यापक कर्टिस केस र उप प्रधानाध्यापक भिकी कास्परमाथि गोली चलाए । त्यसपछि उनले आफैँमाथि गोली चलाए जसबाट उनको मृत्यु भयो । उप प्रधानाध्यापक कास्परको अस्पतालमा मृत्यु भयो ।

५ फेब्रुअरी २०१०ः डिस्कभरी मिडिल स्कुल, म्याडिसन, अलावामा (Discovery Middle School, Madison, Alabama)
यो स्कुलमा १४ वर्षीय टाड ब्राउनको गोली प्रहारबाट मृत्यु भएको थियो । सहपाठी हम्मद मेननलाई यो घटनामा दोषी पाइएको थियो । उनलाई ३० वर्षको जेल सजाय तोकिएको छ ।

१६ अक्टोबर २००९ः क्यारोलिन फरेस्ट हाइस्कूलः दक्षिण क्यारोलिना (Carolina Forest High School, Conway, South Carolina)
यो विद्यालयमा छुरी निकालेर प्रहरीमाथि प्रहार गर्ने १६ वर्षीय विद्यार्थी ट्रेभर भेरिनेज प्रहरीको गोली प्रहारबाट मारिएका थिए ।

२१ अगस्ट २००८ः सेन्ट्रल हाइस्कूल, नक्सभिल्ले, टेनिसी (Central High School, Knoxville, Tennessee)
१५ वर्षीय जमर सिलरले १५ वर्षीय रायन म्याकडोनाल्डको गोली हानी हत्या गरे । उनलाई सन् २०११ मा ३० वर्षको कारावास सजाय तोकिएको छ ।

३ जनवरी २००७ः हेन्री फोस हाइ स्कुल, वाशिङटन्ड (Henry Foss High School, Tacoma, Washington)
१८ वर्षीय ग्लस चान्थब्लीको गोली प्रहारबाट १७ वर्षीय सामनाङ कोकको मृत्यु । डग्लसलाई सन् २००९ मा २३ वर्ष कारावास पठाउने फैसला ।

२ अक्टोबर २००६: जर्जटाउन एमिस स्कुल, निकेल माइन्स (Georgetown Amish School, Nickel Mines, Pennsylvania)
३२ वर्षका चाल्र्स रबर्ट चौथोद्वारा यो विद्ययालयका ११ छात्रा बन्दक बनाइ ५ को हत्या । रबर्टद्वारा गोली प्रहारबाट आत्महत्या ।

२९ सेप्टेम्बर २००६ः वेस्टन हाइ स्कुल, विस्कन्सिन (Weston High School, Cazenovia, Wisconsin)
१५ वर्षीय एरिक हेन्स्टकद्वारा प्रधानाध्यापकको गोली प्रहारबाट हत्या । उनलाई आजिवन कारावासको सजाय ।

२७ सेप्टेम्बर २००६ः प्लेते केनन हाइस्कुल, कोलोराडो (Platte Canyon High School, Bailey, Colorado)
५४ वर्षीय डुन मोरिनद्वारा ६ छात्रा बन्दक । १६ वर्षीय इमिली केयेस माथि गोली प्रहार । गोली प्रहारबाट आत्महत्या । केयेसको उपचारका क्रममा मृत्यु । 

८ नोभेम्बर २००५ः क्याम्बेल काउन्टी कम्प्रिहेन्सिभ हाइ स्कुल, टेनिसी (Campbell County Comprehensive High School, Jacksboro, Tennessee)
१५ वर्षीय केनेथ बाट्र्ली जुनियरद्वारा प्रधानाध्याक र २ उप प्रधानाध्यापक माथि गोली प्रहार । एकको मृत्यु ।

२१ मार्च २००५ः रेड लेक हाइ स्कुल, मिनेसोटा (Red Lake High School, Red Lake, Minnesota)
१६ वर्षका जेफ वाइजद्वारा आफ्नै हजुबुबा, अर्का एक व्यक्ति, ५ विद्यार्थी, एक शिक्षक र एक सुरक्षाकर्मीको हत्या । त्यसपछि गोली प्रहारबाट आत्महत्या ।

२४ सेप्टेम्बर २००३: रोकोरी हाइ स्कुल, मिनेसोटा (Rocori High School – Cold Spring, Minnesota)
१५ वर्षका जेसन म्याकललिनद्वारा १७ वर्षीय आरोन रोलिन्सको गोली प्रहारबाट हत्या । घाइते अर्का एक विद्यार्थीको सोही वर्ष अक्टोबरमा मृत्यु । जेसनमाथि आजिवन कारावासको सजाय ।

२४ अप्रिल २००३: रेड लाएन एरिया जुनियर हाइ स्कुल पेन्सिलभानिया (Red Lion Area Junior High School – Red Lion, Pennsylvania)
१४ वर्षीय छात्र जेम्स सिटद्वारा प्रधानाध्याक युगिन सेग्रोका गोली प्रहारबाट हत्या । त्यसपछि गोली प्रहारबाट आत्महत्या ।

५ मार्च २००१: सान्टाना हाइस्कूल क्यालिफोर्निया (Santana High School – Santee, California)
चाल्र्स एण्डी विलियम्स नामक १५ वर्षीया छात्रद्वारा २ सहपाठीको हत्या । उनलाई ५० वर्षको जेल सजाय ।

२६ मे २००६ः लेक वर्थ कम्युनिटी मिडिल स्कुल, फ्लोरिडा (Lake Worth Community Middle School – Lake Worth, Florida)
दुर्बयहार गरेको भन्दै घर फर्काइएका 13 वर्षीया नथानियल ब्राजिलद्वारा शिक्षक बेरी ग्रुनोको गोली हानी हत्या । ब्राजिललाई २८ वर्षको कारावास सजाय ।

२९ फेब्रुअरी २०००ः बुयल इलेमेन्ट्री स्कुल, मिसिगन (Buell Elementary School – Mount Morris Township, Michigan)
नाम नखुलेको ६ वर्षीय छात्रद्वारा अर्का ६ वर्षीया क्याला रोनाल्डको गोली हानी हत्या । उनलाई आमाको नियन्त्राबाट खोसेर नयाँ अभिभावको खोजी गरिएको थियो ।

१९ नोभेम्बर १९९९ः डेमिङ मिडिल स्कुल, न्यु मेक्सिको (Deming Middle School – Deming, New Mexico)
१२ वर्षका भिक्टर कोर्डोभाद्वारा आफ्नो १३ वर्षीय सहपाठीको हत्या ।

२० अप्रिल १९९९ः कोलम्बाइन हाइ स्कुल, कोलोराडो (Columbine High School – Littleton, Colorado)
पुस्तकालयमा आत्महत्या गर्नु अघि १८ वर्षीय एरिक ह्यारि र १७ वर्षीय डिलन क्लेबोल्डद्वारा १२ सहपाठी र एक शिक्षकको हत्या । 

२१ मे १९९८ः थस्र्टन हाइ स्कुल, आरेगन (Thurston High School – Springfield, Oregon)
१५ वर्षका किप केन्केलद्वारा विद्यालयको क्याफ्टेरियामा १६ र १७ वर्षीय २ सहपाठीको हत्या । उनले अघिल्लो दिन आफ्नै अभिभावकको हत्या गरेका थिए । उनलाई १ सय १२ वर्षको जेल सजाय ।

२४ अप्रिल १९९८ः जेम्स पार्कर मिडिल स्कुल, पेन्सिलभानिया (James Parker Middle School – Edinboro, Pennsylvania)
१४ वर्षीय एज्ड्रयु वस्र्टद्वारा विज्ञान शिक्षक जोन जिलेटको गोली प्रहारबाट हत्या । उनलाई ३० देखि ६० वर्षसम्मको सजाय ।

२४ मार्च १९९८: वेस्टसाइड मिडिल स्कुल, अर्कान्सास (Westside Middle School – Jonesboro, Arkansas)
११ वर्षीय एन्ड्रयू गोल्डेन र १३ वर्षीय मिट्शेल जोनसनद्वारा सहपाठी र शिक्षक सहित ५ को हत्या । दुवै सजाय भुक्तान गरेर रिहा भइसकेका छन् ।

: सिएनएन फोटो: सिएनएन तथा गुगल सर्च

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू