अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४० | Colorodo: 17:55

साउदी अरबमा नेपालीको स्वास्थ्य जाँच

बिआरटीनेपाल २०७४ माघ २५ गते ७:३४ मा प्रकाशित

साउदी अरब, नेपाली कन्सुलेट जनरल जेद्दाको आयोजना र जेद्दा तथा जजान शहरमा क्रियाशील नेपाली समुदायको सहभागितामा साउदी अरबमा स्वास्थ्य जाँच तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

जजान तथा जेद्दा क्षेत्रमा कार्यरत नेपाली श्रमिकको उल्लेख्य उपस्थिति रहेको सो कार्यक्रममा नेपालीको स्वास्थ्य अवस्था र नेपाली श्रमिकको मृत्युको कारण र बच्ने उपायबारे पनि चर्चा गरिएको थियो ।

सो अवसरमा साउदी अरबका लागि नेपाली राजदूत महेन्द्रसिंह राजदूत साउदी अरबमा अवस्थित दुवै नेपाली नियोगको उपस्थितिमा पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरिएको बताउँदै सबै सरोकार भएका निकाय मिलेर काम गरेमा त्यहाँ कार्यरत नेपालीको हित प्रबर्धन गर्न सकिने बताउनुभएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा ११५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । जजान शहरको अलअदनानमा भएको उक्त कार्यक्रममा रियादका लागि नेपाली उपनियोग प्रमुख आनन्द शर्मा, नेपाली महावाणिज्यदूतावास जेद्दाका कावा महावाणिज्यदूत रेवतीरमण पौडेललगायतको उपस्थिति थियो । रासस

Stethoscope in front of the heartbeat monitor.

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू