अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४२ | Colorodo: 09:57

नेपाल आईडलको प्रस्तुति टेक्ससको अस्टिनमा

बिआरटी नेपाल सम्बादाता, अस्टिन २०७४ माघ २३ गते १९:५० मा प्रकाशित

नेपाल आईडलका ३ विजयी बुद्ध, निसान र प्रतापले टेक्ससको अस्टिनमा आफ्नो प्रस्तुति दिने भएका छन् । ८८४८ मेडिया हाउसको आयोजनामा फेब्रुवरी १४ Valentine day का दिन साँझ ६:३० नेपाल आईडल बुद्ध लामा साथै फस्ट रनरअप निसान भट्टराई र सेकेण्ड रनरअप प्रताप दासले एसियन अमेरिकन रिसोर्स सेन्टरमा एकसाथ आफ्नो प्रस्तुति दिने भएका हुन् ।

प्रवेश शुल्क राखिएको यो कार्यक्रममा सहभागी हुने दर्शकका लागि अग्रिम बुकिङको टिकट अमेरिकी डलर २५ र ५० राखिएको छ । टिकट बुकिङ तथा कार्यक्रमबारे थप जानकारीका लागि आयोजक टिमका भुपेन्द्र न्यौपाने, सनद कुवर, अनिल दुलाल, देवी भेटवाल, पूजा श्रेष्ठ तथा रोशन सिंहलाई सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया