अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४९ | Colorodo: 03:04

२०१८ मा सगरमाथा लगायत निम्न १२ स्थानमा यात्रुहरु नजादा राम्रो – सिएनएन

बिआरटीनेपाल २०७४ माघ १६ गते २१:३० मा प्रकाशित

बितेका १२ महिना पर्यटकको बाढी नै लाग्यो । कतिसम्म भने कतिपय पर्यटकीय गन्तव्यबाट पर्यावरणमा असर पुग्ने गरी विदेशी पर्यटक आएको घोषणा गरियो । यसबाट आगामी बिदामा यात्राको योजना बुनिरहेकाहरु विवेकशील यात्रीहरू अलमलमा पर्नु आश्चर्य होइन । यसमा भेनिस र बार्सिलोनादेखि गलापगोस द्वीप र ताजमहलसम्मका चर्चित पर्यटकीय गन्तव्य पर्छन् । तर, निम्न १२ पर्यटकीय गन्तव्यबारे सचेत पर्यटकले सन् २०१८ को बिदामा निस्कनु अघि २ पटक सोच्नु पर्ने देखिन्छ ।

सगरमाथा, नेपाल (Mount Everest, Nepal)
स्थानीय शेपाहरुले यो संसारैकै अग्लो हिमाललाई खतरा पुग्ने गरी पर्यटकहरूको भीड बढेको गुनासो लामो समयदेखि गरिरहेका छन् । सगरमाथा आरोहणका लागि अनुमति सीमित गरिएको छ । त्यसमाथि नेपालले दृष्टिविहीन, हिमाल चढ्न सक्ने क्षमता देखाउने मेडिकल सर्टिफिकेट विहीन दुवै खुट्टा क्रीतिम भएका मानिस र पथप्रदर्शक नराख्ने एकल पर्वतारोहीलाई सगरमाथा चढ्न नदिने विवादास्पद निर्णय गरेको छ । अधिकारीहरूले मृत्युजन्य दुर्घटना कम गर्न नयाँ प्रावधान बनाएर कार्यान्वयनमा ल्याइएको प्रतिक्रिया दिएका छन् ।

सगरमाथा नै आरोहरण गर्ने हो भने पर्याप्त पैसाको सुनिश्चितता गर्नुहोस् । पर्वतारोहणको राम्रो अनुभव संगाल्नुहोस् । किनभने सगरमाथा आरोहणका लागि अनुमति लिनमात्र १ हजार १ सय अमेरिकी डलर लाग्छ । नभए ल्होत्से मिडल चढ्दा पनि हुन्छ । यो संसारको चौथो अग्लो हिमाल हो । सगरमाथाको दक्षिण दिशामा रहेको यो हिमाल नेपालले सन् २०१३ देखि आरोहणका लागि खुला गरेको छ ।

आइल अफ स्काइ, स्कटल्याण्ड  (Isle of Skye, Scotland)
ग्लेनब्रिटलमा जादुमयी पोखरी, एल्गोलमा अस्ताउँदो सूर्य र स्टोरमा रकी ओल्ड म्यान हेर्न जाने हजारौँ पर्यटक र उनीहरूको सवारी साधनमाको भार धान्न नसकेर गत वर्ष स्कटल्याण्डको यो सबैभन्दा ठुला द्वीपको भौतिक संरचनाबाट चर्को आवाज निस्क्यो । अन्ततः उक्त सुन्दर द्वीपका बासिन्दाले आवाज सहन सकेनन् । उनीहरूले पर्यटकले सार्वजनिक स्थलमै पिसाब फेरिदिएको गुनासो समेत गरे । त्यसपछि प्रहरीले बासस्थान अग्रिम बुकिङ नगरी पर्यटकलाई त्यहाँ नजान सल्लाह दिए ।

त्यहीँ जाने हो भने समरमा जानु । किनभने त्यति बेला पर्यटकको सङ्ख्या घट्छ र भीडसँग पौंठेजोरी नखली सुन्दर द्वीपको सुन्दरतामा रमाउन पाइन्छ । नत्र रम, मक र इगजस्ता साना साना द्वीप जान वा दक्षिणमा रहेको जुरा द्वीपमा हराउन सकिन्छ ।

बार्सिलोना, स्पेन (Barcelona, Spain)
यो क्याटालनहरुको राजधानीमा पर्यटकको बाढी नै लाग्छ । सन् २०१६ मा यहाँ ३ करोड ४० लाख पर्यटक ओइरिएका थिए जुन सन् २०१२ को भन्दा २५ प्रतिशत बढी हो । यति धेरै विदेशी ओइरिएपछि स्थानीय बासिन्दालाई रिस उठ्यो । उनीहरूले पर्यटक विरोधी चित्र बनाए जुन सहरभरि देख्न सकिन्छ ।

अगस्ट २०१७ मा पर्यटक विरोधीहरूले बार्सिलोनेटा बिच नै कब्जा गरेर अराजक व्यवहार देखाएए । सेवा क्षेत्र जस्तो एअर बिएनबीलगायतले भाडा आकाशिने क्रम चलिरहेको छ । उता सरकारले भने पर्यटक समस्या सम्बोधन गर्न टुरिस्ट बेडसम्बन्धी कानुन पारित गराको छ । यसले पर्यटकका लागि बेडको सङ्ख्यामा अंकुश लगाउँछ ।

बार्सिलोना नै जाने हो भने ख्याल गर्नुहोस् त्यहाँ लास राम्लास घुम्नेमात्र होइन, थुप्रै कुरा छन् । तर, बार्सिलोनाको विकल्प खोज्ने हो भने भ्यालेन्सिया किन नजाने ? यहाँ मनाइने बिदा बार्सिलोनाजतिको चपेटायुक्त हुँदैन । साथै, खाना र संस्कृतिले बार्सिलोनालाई टक्कर दिन्छ ।

दुब्रोभ्निक, क्रोसिया (Dubrovnik, Croatia)
मानव भीडकै कारण युनेस्कोले विश्व सम्पदा सूचीबाट हटाउने चेतावनी दिएपछि दुब्रोभ्निकले पर्यटकको सङ्ख्या घटाउन कडा नीति लिएको छ । यहाँको १५ औँ शताब्दीको किल्लामा प्रवेश गर्ने पर्यटकको दैनिक सङ्ख्या १० हजार ३ सय ८८ बाट झारेर ४ हजारमा सीमित गरिएको छ । यो काममा डुब्रोनिकले सन् २०१६ को एकै दिनमा सफलता पनि प्राप्त गरेको छ । त्यहाँका मेयरले यसको प्राचीन बन्दरगाहमा प्रवेश गर्ने पानी जहाजको सङ्ख्या पनि घटाउने योजना बनाइरहेको छ ।

त्यहा सन् २०१६ मा झन्डै ८ लाख मानिस पानी जहाजबाट पुगेका थिए र प्रायजसो ३ घण्टा बसेर फर्केका थिए । तपाईँलाई त्यहीँ जानु छ भने आफ्नै योजना अनुसार जानुहोस र स्वतन्त्र भएर समय बिताउनुहोस् । नभए नजिकैको क्यावटाट जानुहोस् र रित्ता समुन्द्र किनार र पुरानो सहरको आकर्षक दृश्यमा हराउनुहोस् । भीडबाट बच्ने यो उपयक्त विकल्प हो ।

भेनिस, इटाली (Venice, Italy)
रियाल्टो ब्रिज र गायाडेका कनलमा तैरिरहेका पानी जहाजसँग सेल्फी लिने पर्यटकबाट वाक्क भएपछि सन् २०१७ मा भेनिसेलीहरु सडकमै उत्रे । यो सहरको जनसङ्ख्या ५५ हजारमा झरेको छ । तर, यहाँ हरेक वर्ष ३ करोड हाराहारी पर्यटक ओइरिन्छन् । अहिले त्यहाँ गायाडेकामा पानीजहाजलाई आउन प्रतिबन्ध लगाइएको छ । 

तपाईँ त्यहाँ जाने नै हो भने सेल्फी स्टिक नलानुहोस् र पानीको सौन्दर्य नियाल्ने प्रयास गर्नुहोस् । साथै खानका लागि टुरिस्ट हवमा नभएर स्थानीय रेस्टुरेन्टमा जानुहोस् । नभए फ्रान्सको एनिसी जानुहोस् । त्यहाँ कनलहरुको जालो नै छ । सुन्दर ताल र कलात्मक भवन छन् । साथै, त्यहाँ भेनिसको जस्तो भीड छैन ।

सान्टोरिनी, ग्रीस (Santorini, Greece)
सान्टोरिनी जस्तो सूर्य अस्ताएको आकर्षक र विशाल दृश्य देखिने ठाउँ सन्सारमा थोरै छन् । तर, यो सानो द्वीपमा पर्यटकको सङ्ख्या धान्नै नसक्ने अवस्थामा पुगेको छ । सन् २०१७ मा यहाँ २० लाख पर्यटक पुगे । त्यसमध्ये ८ लाख ५० हजार पानी जहाजबाट पुगे र केही घण्टामात्र बसेर फर्के । पानीजहाजबाट जाने मानिसहरूले त्यहाँ दिन बिताउन पाएनन् । यसबाट आलोचना आएपछि त्यहाँका मेयरले पानीजहाजबाट आउने पर्यटकको सङ्ख्या ८ लाखमा सीमित गरिदिए । पर्यटकको सङ्ख्या घटाउन र यसको सुन्दरता जोगाउन उनले उक्त कदम चालेका हुन् ।

तपाईँ त्यहीँ जाने हो भने स्थानीय होटेलमा खाने बस्ने गर्नुहोस् र बन्दरगाह घुम्न आचारमा प्रश्न उब्जन सक्ने डंकी राइड नगर्नुहोस् । होइन भने न्याक्सज जानुहोस् जुन सान्टोरिनी द्वीपकै समूहमा पर्छ । त्यहाँ ढुङ्गे पहाड छन् । सुन्दर समुन्द्र किनार छन् । डोडेकनिजस्थित प्याट्मोस पनि त्यत्तिकै सुन्दर र शान्त ठाउँ हो जहाँ आकर्षक समुन्द्र र रेस्टुरेन्ट छन् ।

भुटान (Bhutan)
‘हाइ भ्यालु, लो इम्प्याक्ट’ पर्यटन नीति अनुसार हरेक पर्यटकलाई मौसम अनुसार दैनिक २ सय देखि २ सय ५० अमेरिकी डलर शुल्क र २ जनाको समूहमा वा एक्लै गएका पर्यटकलाई अतिरिक्त ४० अमेरिकी डलर अतिरिक्त शुल्क लिएपनि यो सानो हिमाली देशमा पर्यटनका कारण चिन्ता बढेको छ । स्थानीय बासिन्दाले पर्यटकका कारण यहाँको वातावरणमा असर परेको बताइरहेका छन् ।
तपार्इँ त्यहाँ जाने नै हो भने बौद्ध परम्पराप्रति आदर देखाउनुहोस् र फोहोर नगर्नुहोस् । 

होइन भने भारतको अरुणाञ्चल प्रदेश भुटानको राम्रो विकल्प हो । त्यहाँ प्राचीन बौद्ध स्तुपाहरु र आकर्षक हिमालहरू छन् । साथै, त्यहाँ तपार्इँले भुटानमा जस्तो महँगो शुल्क तिर्नु पर्दैन ।

ताजमहल, भारत (Taj Mahal, India)
ताजमहले हेर्न हरेक वर्ष ८० लाख मानिस पुग्छन् । त्यसको आधा अन्तर्राष्ट्रिय पर्यटक हुन्छन् । तर, नतिजा ज्यादै दुःखद छ । ताज महल हेर्न त्यहाँ हरेक मानिस भीडसँग सङ्घर्ष गरिरहेको हुन्छ । ताजमहलको सेतो मार्वल पँहेलिन थालेका छ । छेउमै बग्ने यमुना नदीमा प्रदूषण बढ्दो छ । भारत त्यहाँ पर्यटकको सङ्ख्या घटाउने योजनामा छ । अधिकारीहरू आन्तरिक पर्यटकलाई छुटसहित ४० भारतीय रुपैयाँ (करिब ६० सेन्ट) मा दिने टिकट कटौति गर्ने बारेमा सोचिरहेका छन् । भारतमा दैनिक ४० हजार आन्तरिक पर्यटक ताजमहल हेर्न पुग्छन् । विदेशी पर्यटकलाई भने ताजमहल भ्रमणका लागि १ हजार भारतीय रुपैयाँ (१५ अमेरिकी डलर) लिइन्छ । 

ताजमहल नै जाने हो भने झुल्के घाममै ताजमहल पुग्नुहोस् । ढोका बिहान ६ बजे खुल्छ । साथै भीडसँग सङ्घर्ष गर्ने, र ठेलाठेल गर्नका लागि तयारी हालतमा पनि बस्नुहोस् । होइन भने दिल्लीस्थित हुमायुन्स टुम्ब जानुहोस् । यो ताजमहल जत्तिको विशाल त छैन, तर भीडमा ठेलाठेल गर्नु पर्दैन ।

माचु पिचु, पेरु (Machu Picchu, Peru)
सन् २०१६ मा माचु पिचुमा दैनिक ५ हजार पर्यटक पुगे । यो युनेस्कोले सिफारिस गरेको सङ्ख्याको दोब्बर हो । त्यहाँ जाने विदेशी पर्यटकलाई गाइड अनिवार्य छ । त्यसका साथै, जुलाई २०१७ मा पेरु सरकारले त्यहाँ जानका लागि नयाँ समय तालिका लागू ग¥यो । त्यस अनुसार, त्यहाँ बिहान ६ बजेदेखि अपराह्न सम्म र अपराह्नदेखि साँझ साढे ५ बजेसम्मको २ वटा समय तालिका लागू गरिएको छ । भीड नियन्त्रण गर्ने उदेश्यले समय तालिका बनाइएको भए पनि त्यसको नतिजा देखा परिसकेको छैन । 

तपाईँ माचु पिचु नै जाने हो भने अक्टोबर–अप्रिल भित्र जानुहोस् । वर्षाको मौसम भएकाले त्यति बेला पर्यटकको सङ्ख्या त्यहाँ केही कम हुन्छ । त्यति बेला तपाईँले त्यहाँका किल्लाहरू राम्ररी अवलोकन गर्न सक्ने सम्भावना बढी रहन्छ । होइन भने कोलम्बिया जानुहोस् र लस्ट सिटीको सुन्दरता अवलोकन गर्नुहोस् । त्यहाँ कम पर्यटक पुग्छन् जसले तपाईँलाई सुन्दर दृश्य हेर्न सजिलो बनाइदिन्छ ।

गलापगोस आइल्याण्ड्स, इक्वादर (Galápagos Islands, Ecuador)
निश्चित ठाउँ र तोकिएको बाटोबाट हरेक पल गाइडलाई नछोडा पर्यटकलाई घुम्न लगाएर संसारको सबैभन्दा प्रसिद्ध प्राकृतिक वासस्थान जोगाउने लक्ष्य प्राप्त गर्नु इक्वादर सरकारका लागि कठोर लक्ष्य हो । गलापगोस आइल्याण्ड्स जोगाउन गत वर्ष अझै नियम थपिएका छन् । त्यसमा पर्यटकले फर्किने टिकट, होटेल रिजर्भेसन वा कसको घरमा बस्ने हो उसले लेखेको पत्र र स्पेशल ट्रान्जिट कन्ट्रोल कार्ड पर्छन् । तर, यी नियम लागू भइसकेका भने छैनन् । 

तपाईँ त्यहीँ जाने हो भने गलापगोस नेशनल पार्कले जारी गरेको १४ वटा नियम कण्ठ गर्नुहोस् । होइन भने तपाईँ पेरुकै इस्लस बेलेस्टस जान सक्नुहुन्छ । प्यासिफिक महासागर नजिक रहेको यो ठाउँको यात्रा तपाईँका लागि स्मरणीय हुनेछ । यहाँ तपाईँले हजारौँ सामुन्द्री चरा, पेन्गुइन, सी लायन र सिल देख्न पाउनुहुनेछ ।

चिङ्क्वे तेर्रे, इटाली (Cinque Terre, Italy)
यहाँ सन् २०१५ मा २५ लाख पर्यटक आए । त्यसको अर्को वर्ष सरकारले त्यहाँ १५ लाखभन्दा बढी पर्यटक जान नदिने व्यवस्था ग¥यो । पछि उक्त व्यवस्था खारेज त गरियो, तर पर्यटकको भीडलाई लिएर सरकार चिन्तित छ । पानी जहाजले त्यहाँ एकातर्फ खर्च नगर्ने पर्यटक ल्याउँछ भने अर्को तफ पर्यटकको भीडका कारण त्यहाँ पहिरो जाने र चट्टान झर्ने समस्या देखिएको बताइएको छ । 

चिङ्क्वे तेर्रे नै जाने हो भने गर्मीको समयमा जानुहोस् र त्यहाँको स्थानीय रेस्टुरेन्टमा खानुहोस् । होइन भने तपाईँ दक्षिणतर्फको सुन्दर सहर पोर्तोभेनेरे जानुहोस् । रेल सुविधा नभएको यो सहरमा पर्यटक पनि कम जान्छन् ।

एन्टार्टिका (Antarctica)
पृथ्वीमा रहेको अन्तिम पूर्ण प्राकृतिक स्थान भनेर चिनिने एन्टार्टिकामा जाने पर्यटकको कारण वातावरणवादीहरु लामो समयदेखि चिन्तित छन् । अहिले त्यहाँ ५ सयभन्दा बढी पर्यटक लैजान पानी जहाजलाई प्रतिबन्ध लगाइएको छ । कडा कानुनका कारण पतिपय पानी जहाज १ सय पर्यटकमात्र लिएर पनि एन्टार्टिका पुग्छन् । 

यो महादेशमा स्थायी बासिन्दा छैनन् । तर, पछिल्ला वर्षहरूमा पर्यटकको सङ्ख्या अकाशिरहेको छ । सन् २०१६÷१७ मा मात्र त्यहाँ ४४ हजार ३ सय ६७ पर्यटक पुगे । त्यसपछि दक्षिण ध्रुवको वातावरण बिग्रने चिन्ता पनि बढेको छ ।

तपाईँ त्यहाँ जाने हो भने विज्ञानसम्बन्धी ज्ञान भएका सानो टोली बनाएर जानुहोस् । होइन भने दक्षिण जर्जिया जानुहोस् त्यहाँको हिउँमा रम्नुहोस् । सिएनएन फोटो: गुगल सर्च

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू