अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५० | Colorodo: 16:05

प्रियले गरे एकै साता तिनवटा भिडियो निर्देशन

बिआरटीनेपाल २०७४ माघ १४ गते ८:५३ मा प्रकाशित

काठमाडौँ, चलचित्र पत्रकार शान्तिप्रियले एकैसातामा ३ वटा म्युजिक भिडियो निर्देशन गरेका छन् । प्रियकै शब्दमा सङ्गीतकार दीपक शर्माको सङ्गीत तथा चर्चित गायक राज सिग्देलको आवाज रहेको उन्को मेरो दुरी चल्यो त्यस्तै चन्द्र भट्टचनको शब्द ज्योति प्रकाशको स्वर सङ्गीत रहेको हिजो भन्दा आज राम्री र प्रियकै शब्द, दीपक शर्माको सङ्गीत तथा गणेश श्रेष्ठको आवाज रहेको माया लाउने यही ज्यानहो अरू केपो छ र बोलको गीतको तिनवटा म्युजिक भिडियो एकै सातामा निर्देशन गरेका हुन् ।

गीतकार शान्तिप्रियले पछिल्लो चरणमा आफूलाई गीत लेखनमा मात्र सीमित नराखेर भिडियो निर्देशनमा पनि उतार्न थालेका छन् । जस अनुरूप केही अघि मात्रै उनले राष्ट्रयकवि माधव प्रसाद घिमिरेको राष्ट्रिय गीतको पनि निर्देशन गरेका थिए । यही क्रमलाई निरन्तरता दिँदै प्रियले नयाँ गीत माया लाउने यही ज्यान होको निर्देशन गरेका हुन् । आफ्नै शब्दमा रहेको माया लाउने यही ज्यान हो बोलको गीतको निर्देशन गरेका छन् । 

माया लाउने यही ज्यान होबोलको गीतमा अभिनेता तथा कोरियोग्राफर गजित विष्ट अभिनेत्री अनामीका चौलागाईले अभिनय गरेका छन् । यस रोमान्टीक गीतको छायाङ्कन विरेन्द्र भाट विपिनले गरेका हुन् भने यस गीतको कोरियोग्राफी गजित विष्टले नै गरेका हुन् । त्यस्तै यस गीतको म्युजिक भिडियो सम्पादन पनि विरेन्द्र भाटको नै रहने छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू