अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३७ | Colorodo: 19:52

गायक राज गुरुङको ‘फुल जस्तो’ गीत सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७४ माघ २ गते ३:१८ मा प्रकाशित

नेपाली गीत संगीतलाई नेपाल बाहिर रहेर पनि विकास र प्रवर्धनको लागि काम गरिरहेका गायक राज गुरुङले नयाँ गीत सार्वजनिक गरेका छन् । सार्वजनिक ‘फुल जस्तो’ बोलको गीतमा मित्र वाम्बुले राईको शब्द , सर्बग्यामन र मिलन क्रोम्जे गुरुङको संगीत र स्वयम राज गुरुङकै स्वर समावेश रहेको छ । गीतलाई एरेन्ज सामसुङ तामाङले गरेका छन् ।

रोमान्टिक गीतको भिडियो पनि उत्तिकै आकर्षक तयार भएको छ । रामेश्वोर कार्कीको छायांकन र विज्ञान राईको सम्पादन र निर्देशनमा तयार भएको गीतको भिडियोमा राज गुरुङ , रेखा फागो , सुरज गुरुङ र माया गुरुङको अभिनय रहेको छ । रोमान्टिक जनारामा गीत निर्माण भएको हुँदा भिडियोमा एक प्रेम जोडीको प्रेमलाई चित्रण गरिएको छ । गायक भएता पनि यसपटक गायक राज गुरुङले आफ्नो भिडियोमा आफै अभिनय गरे र उनलाई नायिका रेखा फागोले साथ दिएकी छिन् ।  पोखराको सुन्दर दृश्यको बीच गीतको भिडियोको छायांकन गरिएको छ ।

प्रतिक्रिया