अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५० | Colorodo: 20:05

माघे सङ्क्रान्तिमा चलचित्र ‘नेप्टे’को ‘सुपारी काँचो’ गीत सार्वजनिक

बिआरटीनेपाल २०७४ माघ २ गते २:३३ मा प्रकाशित

माघे सङ्क्रान्तिको अवसर पारेरदेव कुमार श्रेष्ठको निर्देशन रहेको फिल्म ‘नेप्टे’को गीत सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच लोक लयको ‘सुपारी काँचो’ बोलको गीत सार्वजनिक गरियो । गीतमा ओम सुनार र सावित्री जोशीको स्वर, गायक सुनारकै संगीत र भानुभक्त ढकालको शब्द सृजना रहेको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा छुल्ठिम गुरुङ, रोहित रुम्बा, वुद्दि तामाङ, पुर्णिमा लामा, प्रनिशा सिलवाल, ए गुरुङ लगायतका कलाकारहरु प्रस्तुत छन् । किरण माइकलको पटकथा एंव संवाद रहेको चलचित्रमा रोहित आँफैले कथा लेखेका छन् ।

कलाकार रोहित रुम्बाको निर्माण रहेको ‘नेप्टे’ का लिड नायक दयाहाङ राई हुन् । हरी घले लामाको छायांकन रहेको यो चलचित्रलाई चैत ३० गतेबाट प्रदर्शनमा ल्याइँदैछ ।

प्रतिक्रिया