अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४२ | Colorodo: 14:57

अमेरिका र उत्तर कोरिया वार्ता सहजिकरण गर्न रुस तयार

बिआरटीनेपाल २०७४ माघ १ गते ४:५२ मा प्रकाशित

 रुसले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच वार्ता भएमा त्यसको सहजिकरणका लागि तयार रहेको बताएको छ । रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभले भन्नुभयो– यदि अमेरिका र कोरियाबीच वार्ता हुन्छ भने छ देशको प्रारुपभित्र रहेर सहयोग गर्न हामी तयार छौँ । 

विदेशमन्त्री लाभरोभले छ वटा आणविक शक्ति राष्ट्रको सदस्यको हैसियतमा रुसले सो प्रस्ताव गरेको जानकारी पनि दिनुभएको समाचारमा जनाइएको छ ।

सोमबार उहाँले सो धारणा राख्नुभएको हो । हालैका दिनहरुमा उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धमा केही सुधार आएको बताइएको छ ।

यी दुई देशले गएको जनवरी ९ मा द्विपक्षीय उच्चस्तरीय वार्ता गरेका थिए । त्यसपछि पनि सोमबार मात्रा पनि यी दुवै देशका अधिकारीहरु द्विपक्षीय वार्तामा बसेका छन् ।

यसरी सम्बन्धमा सुधार आएकोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उत्तर कोरियासँग वार्ताका लागि अमेरिका पनि तयार रहेको धारणा हालैमात्र सार्वजनिक गर्नुभएको थियो ।

त्यसैले रुसले उक्त वार्ता भएमा त्यसको सहजिकरणका लागि आफू तयार रहेको धारणा मस्कोको रहेको विदेशमन्त्री लाभरोभले सोमबार सार्वजनिक गर्नुभएको थियो । (रासस)

प्रतिक्रिया