अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०७ | Colorodo: 16:22

पेरूमा ७.३ म्याग्निच्युडको भुकम्प: सुनामीको खतरा

बिआरटीनेपाल २०७४ पुष ३० गते ७:०३ मा प्रकाशित

 पेरुको सामुद्रिक क्षेत्रमा आइतबार विहान ७.३ म्याग्निच्युडको भुकम्प गएको अमेरिकी भूगर्भ विभाग (यूएसजिएस)ले जनाएको छ ।  भूकम्पपछि पेरुका केही भाग तथा छिमेकी राष्ट्र चिलीमा सुनामी आउनसक्ने भनी चेतावनी दिइएको भएपनि केही समयपछि उक्त चेतावनीलाई खारेज गरिएको छ ।

अमेरिकी भूगर्भ विभागले पेरूमा आज गएको भूकम्पको प्रारम्भिक धक्का ७.३ म्याग्निच्युड भएको जानकारी गराइएको छ । समाचार तयार पार्ने वेलासम्म भूकम्पका कारण कोही घाइते भएको जानकारी प्राप्त भएको छैन ।

भूकम्पको केन्द्रविन्दु पेरुको अकारीबाट ४२ किलोमिटर दक्षिणपश्चिममा समुद्रको १२.१ किलोमिटर गहिराइमा रहेको विभागले जनाएको छ ।

अमेरिकी–प्यासिफिक सुनामी सतर्कता केन्द्रले भूकम्प लगत्तै पेरु र चिलीका केही भागमा सुनामीका छाल आउनसक्ने चेतावनी दिएको थियो । तर उक्त केन्द्रले केही समयपछि पुनः विज्ञप्ति जारी गरी भूकम्पका कारण सुनामीको खतरा नदेखिएको जानकारी गराएको छ ।   (रासस)

प्रतिक्रिया