अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१५ | Colorodo: 18:30

स्वयम्भूको ज्ञानमाला भजन घरमा आगलागी

बिआरटीनेपाल २०७४ पुष २९ गते ०:०४ मा प्रकाशित

काठमाडौँ महानगरपालिका– १५ स्थित स्वयम्भू ज्ञानमाला भजन घरमा गए राति भएको आगलागीमा करिब रु ३० लाख बराबरको क्षति भएको छ । भक्तजनले बालेको धूपबत्तीबाट आगो सल्केर भजन भजन घरमा भएको आगलागीबाट हस्तकला, फर्निचर, भजन सामग्री लगायत नष्ट हुँदा ३० लाखको क्षति भएको हो ।

आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी तथा काठमाडौँ, ललितपुर र भक्तपुरका दमकलबाट नियन्त्रणमा लिइएको थियो । त्यस क्षेत्रबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठ तथा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य र राजेश शाक्य राति नै घटनास्थल पुग्नुभएको थियो । घटनामा मानवीय क्षति भएको छैन ।

आगलागीको घटनापछि काठमाडौं क्षेत्र नं ८ का प्रतिनिधि सभा सदस्य जीवन राम श्रेष्ठले आफ््नो फेसबुकमा लेखेका छन् : स्वयम्भू मन्दिरको ज्ञानमाला भजन घर मा भएको आगलागी नियन्त्रण गर्न आफ्नो ज्यानलाई जोखिममा राखी कार्य गर्नुहुने नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र काठमाडौँ ललितपुर, भक्तपुरको बारुण नियन्त्रकका सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू