अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४८ | Colorodo: 13:03

उत्तर अमेरिकी तामाङ सम्मेलनको अन्तिम तयारी- नेतृत्व कस्ले बाजी मार्छ त ?

बाल कृष्ण, न्यूयोर्क – जनवरी १२ २०७४ पुष २७ गते २०:५७ मा प्रकाशित

क्यानडा लगायत उत्तर अमेरिकाभर छरिएर रहेका तामाङ समुदायको  यही जनवरी १३ र १४ मा न्युर्योकमा भेला हुँदैछ। अमेरिकामा यसअघि नै स्थापना भइसकेको ‘तामाङ सोसाइटी अफ अमेरिका’ (टिएसए) लाई उत्तर अमेरिकामा छारिएर रहेका विभिन्न तामाङ संस्थाहरुको साझा छाता संगठन बनाउने उद्देश्यले सम्मेलन हुन लागेको आयोजक तदर्थ समितिका सदस्य–सचिव लक्यान लामाले जनाए।

तामाङ सोसाइटी अफ अमेरिका (टिएसए)को गतबर्ष जनवरीको २६ र २७ मा न्युयोर्कमा सम्पन्न भेलाले उत्तर अमेरिकी तामाङ सम्मेलनको अवधारणा अघि बढाएपछि । उक्त भेलाबाट शान्त थोकरको अध्यक्षतामा २५ सदस्यीय आयोजक समिती पनि गठन गरिएको थियो। सन् २०१३ पछिको सबैभन्दा बृहत अन्तर्रा्ष्ट्रिय तामाङ सम्मेलनको रुपमा यसलाई हेरिएको छ । सम्मेलनले ग्लोबल तामाङ कन्फ्रेन्सको पनि अबधारणा बनाउने आयोजकको दावी छ। यसअघि सन् २००२ मा काठमाडौं, सन् २००६ भारतको दार्जि्लिङमा र २०१३ मा काठमाडौंमा गरि तिनवटा अन्तराष्ट्रिय तामाङ सम्मेलनहरु सम्पन्न भइसकेका छन्।

‘सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ’, सदस्य सचिव लामाले जानकारी गराए, ‘र्यो साता हामी उत्तर अमेरिका भरका तामाङहरु एकै थलोमा हुनेछौं।’ तामाङ समुदायको आर्थिक, सामाजिक, शैक्षिक र साँस्कृतिक उत्थानका लागि भन्दै सन् २००२ मै न्युर्योकमा एक भेला गरि ‘तामाङ सोसाइटी अफ अमेरिका’ गठन गरिएको थियो। त्यसयता अमेरिकाकै अन्य राज्यहरुमा तामाङ संस्थाहरु खुले। ती सबै संघ–संस्थालाई समेट्न र एकीकृत रुपमा अघि बढ्न ‘उत्तर अमेरिकी तामाङ सम्मेलन’ गर्न लागिएको सदस्य सचिव लामाले जनाए ।

सम्मेलनमा भाग लिन नेपालबाट पुर्व राजदुत डा. गणेश योञ्जन, भाषाविद अमृत योञ्जन र मिङमार तामाङ अमेरिका जाँदैछन् भने समापन समारोहमा आयोजना हुने ‘डम्फु साँझ’मा कन्सर्ट दिन म्हेन्दोमाया गायक सागर एस वाइवा केही दिनमै अमेरिका पुग्दैछन् ।
उत्तर अमेरिकामा रहेका मात्रै नभई मुलुक बाहिर छरिएर रहेका प्रवासी तामाङहरुबिच पनि सम्मेलनले सकारात्मक ऊर्जा दिने सदस्य–सचिव लक्यान लामाले दावी गरे।

सम्मेलनमा क्यालिफोर्निया, वासिङटन डिसी, टेक्सास, म्यासाच्युसेट्स, कनेक्टिकट, न्युजर्सी, न्युहाम्सायर, भर्जि्निया, मेरील्याण्ड, पेन्सिलभानिया, नर्थ क्यारोलिना, मिनिसोटा लगायतका राज्यबाट प्रतिनिधिहरुको नाम आइसकेको र अन्य राज्यबाट पनि प्रतिनिधि दर्ता प्रक्रिया चलिरहेको लामाले जनाए। सम्मेलनका लागि अन्य देशका तामाङ संघ–संस्थाबाट प्रतिनिधि जाँदैछन्। जापानबाट तामाङ समाजका अध्यक्ष कुमार मोक्तान, कुवेतबाट राम तामाङ लगायत जाँदैछन्।

 उत्तर अमेरिकी तामाङहरुको नयाँ नेतृत्व कस्ले बाजी मार्छ त ??

यसैबिच उत्तर अमेरिका तामाङ सम्मेलनमा सहभागी जनाउने प्रतिनिधि तथा पर्यवक्षेकहरुलाई न्यूयोर्कमा स्वागत गर्दै टिएसएका पूर्व अध्यक्ष भरत मोक्तानले उत्तर अमेरिकी तामाङ सोसाइटीको अध्यक्ष पदका लागि आफनो उम्मेदवारी घोषणा गरेका छन् । उनले भने, ’मैले सोसाइटीमा काम गरेको अनुभवलाई आफनो समुदायको हितका लागि काम गर्नेछु । संसारभरि रहेका तामाङ दाजुभाई तथा दिदिबहिनीहरुलाई आपसी सहकार्य कार्य गरि सिँगो तामाङ समुदायकै भाषा, धर्म, संस्कृति र संस्कारलाई संरक्षण र सम्बद्र्धन गर्नका लागि योजनाबद्धढंगले कार्य योजना बनाउनेछु ।’ अमेरिकाको विभिन्न राज्यमा रहेका तामाङहरुसँग आपसी भाइचारा, सहकार्यलाई अभिवृद्धि गर्दै नेपालमा रहेका तामाङहरुको शैक्षिक, सामाजिक, अािर्थक, राजनैतिक लगायतका क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । ’हाम्रो मौलिक भाषा, धर्म, संस्कृति र पहिचानलाई संरक्षण र प्रबद्र्धन गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नु ज्यादै चुनौति देखिएको छ । यसका लागि हाम्रा नयाँ पुस्तालाई अझ जिम्मेवारीबोध गराउनु हाम्रो दायित्व बनेको छ, उनले भने ।’

उत्तर अमेरिकी तामाङ सम्मेलन नजिकिदै जाँदा सम्मेलनका सदस्य सचिव तथा टिएसएका पूर्व महासचिव लकेन लामाले पनि आफनो उम्मेद्धवारी दिएका छन् । न्यूयोर्क राज्यभित्रबाटै २ दजनाले नेतृत्वको दावी गर्दै उम्मेद्धवारी दिएका प्रसंगमा भरतले अग्रज तथा सम्मेलनमा सहभागी प्रतिनिधि लगायत सबै जनाको व्यापक छलफलबाट निचोड निकाली सहमति र सहकार्यबाट नेतृत्व चयन हुने दावी गरे ।

उत्तर अमेरिका सम्मेलनबाट एकताको सन्देश दिदैं संसारभरी छरिएर रहेका तामाङहरुलाई पनि ऐतिहासिक सन्देश जाने भएकोले नयाँ नेतृत्व चयन गर्दा आपसी सहमति र सहकार्यबाट सक्षम र सवल नेतृत्व चयन हुनुपर्ने उनको जोड रहेको छ ।

आफू तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष हुँदा धेरै उपलब्धीमूलक सामाजिक कार्य गरेको उनको भनाई छ । उनले नियमित सांस्कृतिक कार्यक्रममा मात्र सीमित संस्थालाई युवा समुहको अवधारणा ल्याई सोसाइटीमा नयाँ आयाम र उर्जा थपेको बताए । उनले भने, ’मेरो कार्यकालमा धेरै उपलब्धीमूलक कार्यहरु भए । ती मध्ये सोसाइटीले आदिवासी जनजाति महासंघसँग आबद्धता जनायो, नेपाल र अमेरिकामा रहेका छात्रछात्राहरुलाई प्रोत्साहन कार्यक्रम र संस्थालाई १८ हजार डलर जम्मा गरेको दिएको हुँ ।’ पत्रकारहरु सँग कुराकानी गर्दै मोक्तानले सबै अग्रज, अगुवा तथा सम्मेलनमा सहभागी दाजुभाई तथा दिदिबहिनीहरुलाई आपसी सहमतिका आधारमा सर्व सम्मतिले नेतृत्व चयन गर्नका लागि अनुरोध समेत गरे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू