अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०४ | Colorodo: 07:19

‘आईल्याण्ड नेपाली समाज’को आयोजनामा अमेरिकाको न्यूयोर्कमा रक्तदान

बिआरटीनेपाल २०७४ पुष २४ गते २२:११ मा प्रकाशित

अमेरिकाको न्यूयोर्कमा रहेका नेपालीहरुले रक्तदान गरेका छन् । लङ आईल्याण्ड नेपाली समाज न्यू योर्कको आयोजनामा न्यूयोर्कबासी २१ जनाले एकसाथ रक्तदान गरेका हुन् ।

रक्तदान गर्ने स्थानमा तापक्रम कम्तिमा सोह्र डिग्री सेल्सियस हुनु पर्नेमा बाहिर माइनस दश डिग्री सिल्सियस भएकाले हलभित्र आवश्यक तापक्रको ब्यवस्था गरेर सम्पन्न गरिएको सो रक्तदान कार्यक्रममा कार्यक्रमस्थलबाट ४० कि मी आसपासका दुरीबाट समेत रक्तदानका लागि नेपालीहरु आएका भएपनि े १२ जनाले प्रारम्भिक स्वास्थ्य परिक्षणमा मापदण्ड पुरा हुन नसकेका १२ जना र बिहान ११ बजेबाट साँझ ६ बजे सम्म समयसिमा तोकिएको भएपनि अत्यधिक चिसोको कारणले एक घण्टा ढिलो सन्चालन गरी तोकिएको समय भन्दा २ घण्डा अघि नै कार्यक्रम समापन गर्नुपर्ने वाध्यताका कारण सहभागी २२ जनाले रक्तदान गर्न पाएनन ।

संस्थाका अध्यक्ष टिका ढकाल र कार्यक्रम सयोजक राजन गौलिको सकृयातामा सम्पन्न रक्तदान कार्यक्रममा निम्न माद्यमिक बिद्यालयमा पढ्ने नेपाली समाजका भाईबहिनिहरुले स्वयम(सेवा प्रदान गरेका थिए भने महाबाणिज्य दुतावास, न्यू योर्कका डिपुटी कन्सुलर जनरल पुष्पराज भट्टराईले स्वयम सेवक तथा रक्तदाताहरुलाई कदर पत्रले सम्मान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू