अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५९ | Colorodo: 02:14

एनआरएन अमेरिकाको बैठक १०० दिनको समीक्षाका साथ अन्य विविध निर्णय गर्दै सम्पन्न

बिआरटीनेपाल २०७४ पुष २४ गते २१:०४ मा प्रकाशित

गैर आवासीय नेपाली राष्ट्रिय समन्वय समिति अमेरिकाको तेस्रो बैठक आफ्नो कार्यकालको पहिलो १०० दिनको समीक्षाका साथ अन्य विविध निर्णय गर्दै सम्पन्न भएको छ ।

टेक्सस राज्यको ह्युस्टन सहरमा सम्पन्न भएको सो बैठकमा हाल सम्मका उपलब्धिको समीक्षा गरिएको थियो । २०१७ को सेप्टेम्बर १७ तारिखका दिन आफ्नो कार्यभार ग्रहण गरेको वर्तमान कार्य समितिले आफ्नो पहिलो बैठकबाट निर्णय गर्दै सुरु गरिएका अधिकांश कार्यहरू अन्तिम चरण पुगेको निष्कर्ष निकालेको छ ।

जस अन्तर्गत एनआरएन हेल्प डेस्क स्थापनाको कार्य अन्तिम चरणमा पुगेको छ । अमेरिकाभरि रहेका नेपालीलाई सहयोग गर्नका लागी टोल फ्रि नम्बर ८४४ ६७६२८७२ लिएको र सो सेवा अव केही साता मै सुरु गरिने हेल्प डेस्क समिति संयोजक तथा उपाध्यक्ष उमा कार्की थापाले बैठकमा जानकारी गराउनुभयो ।

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समितिका पंजिकृत सदस्यहरूलाई परिचयपत्र प्रदान गर्नका लागी समिति सदस्य गोपेन्द्र भट्टराईलाई दिएको जिम्मेवारी अनुसार परिचय पत्रको वितरण प्रक्रिया सुरु भएको जानकारी बैठकमा दिइयो ।

एनआरएन अमेरिकाका कोषाध्यक्ष डा. प्रकाश अर्यालले संस्थाको आपत्कालीन कोषको स्थापनाका लागी जिम्मेवारी दिइएको र एक लाख डलर बराबरको कोष स्थापनाका गर्नका लागी एक छुट्टै समिति समेत गठन गरी कोष सङ्कलनका लागी कार्यक्रम सुरु गरिएको बताइएको छ ।

यसै गरी अमेरिका लगायत विश्वभरि रहेका गैर आवासीय नेपाली वालवालिकाहरुलाई नेपाली भाषा तथा संस्कृति सिकाउनका लागी संस्थाका सदस्य कृष्ण लामिछानेलाई पुस्तिका प्रकाशनको जिम्मेवारी दिइएको र सो कार्य अन्तिम चरणमा पुगेको बैठकमा जानकारी गराइएको छ । अबको केही साता भित्र पुस्तिकाको बिमोचन गरिने पुस्तिका प्रकाशन समितिका संयोजक कृष्ण लामिछानेले जानकारी गराउनुभएको छ ।

अमेरिकामा रहेका नेपाली विद्यार्थीलाई जनही एक हजार राशि बराबरको छात्रवृत्ति चार जना जेहेन्दा विद्यार्थीलाई दिनका लागी प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी छात्रवृत्ति संयोजक स्वराज खाताले बैठकमा जानकारी गराउनुभयो ।

कार्य समिति सदस्य बिन्दु सापकोटाको संयोजकत्वमा गठन भएको सांस्कृतिक समितिले हाल सम्म आफ्नो समूहले गरेको प्रगति विवरण प्रस्तुत गर्दै निकट भविष्यमा नै एक सांस्कृतिक कार्यक्रम आयोजना गर्ने निर्णय गरियो ।

यसै गरी अमेरिकामा टिपिएस प्राप्त गरी बसिरहेका गैर आवासीय नेपालीहरूको हितमा उक्त टिपिएसलाई नविकरण गर्न व्यापक रूपमा राज्य स्तर र केन्द्रीय स्तरमा विभिन्न सङ्घ संस्थाहरू सँग परामर्श र समन्वय गर्दै दबाब सृजनाका लागी आवश्यक पहल गर्ने निर्णय बैठकमा भएको संस्थाका प्रवक्ता विनोद तिवारीले बताउनुभयो ।

अमेरिकामा रहेका नेपालीहरूलाई अमेरिकी मूल प्रवाहमा ल्याउनका लागी अमेरिकी सरकारका स्थानीय, राज्य र केन्द्रीय स्तरमा सहभागी हुन खोज्ने नेपालीहरूलाई सहयोग गर्ने निर्णय बैठकबाट गरियो । यसै गरी नेपाली नागरिकताको निरन्तरताका लागी नेपाल सरकार र अन्य सम्बन्धित निकायसँग पहल गर्ने समेत निर्णय भएको छ ।

अमेरिकामा रहेका नेपालीहरूले भोग्दै आएको दोहोरो कर प्रणालीको अन्त्यका लागी निकट भविष्यमा नितिगत तहमा निर्णय गराउनेगरि नेपाल तथा अमेरिकी सरकारसँग आवश्यक पहल गर्ने निर्णय समेत बैठकमा गरिएको छ ।

बैठकको दोस्रो दिन संस्थाका महासचिव बि आर लामाद्वारा प्रस्तुत गरिएको प्रतिबेदनमाथी घनिभुत रूपमा छलफल भएको थियो । समय अभावका कारण सबै विषयमा छलफल हुन नसकेपनि महत्त्वपूर्ण विषयमा छलफल तथा निर्णय भएको थियो ।

प्रतिक्रिया