अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१६ | Colorodo: 20:31

व्याननले मानसिक सन्तुलन गुमाएको राष्ट्रपति ट्रम्पको टिप्पणी

वासिङ्टन, (रासस/एपी) २०७४ पुष २० गते १४:४२ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना पूर्वप्रमुख रणनीतिकार स्टिभ ब्याननले आफू ह्वाइट हाउसबाट बाहिरिएपछि मानसिक सन्तुलन गुमाएका टिप्पणी गर्नुभएको छ ।

हालै एउटा पुस्तकमा ब्याननलाई उद्धृत गर्दै राष्ट्रपति ट्रम्पका छोरा डोनल्ड जुनिअर र एउटा रुसी समूहबिच अमेरिकी राष्ट्रपति चुनावको अभियानका क्रममा भएको भेटवार्ता ’देशद्रोहपूर्ण’ र ’मुलुकविरोधी’ भएको उल्लेख गरिएको थियो । यसै विषयलाई लिएर ब्याननको निन्दा गर्दै राष्ट्रपति ट्रम्पले जारी एक वक्तव्यमा भनिएको छ,, ”ह्वाइट हाउसबाट बर्खास्त गरिँदा उहाँले मानसिक सन्तुलन गुमाउनु भएको छ ।

एउटा विज्ञप्तिमा राष्ट्रपति ट्रम्पले ब्याननसँग आफ्नो वा आफ्नो पदको केही लिनुदिनु नरहेको र उहाँले ह्वाइट हाउसमा रहँदा आफूलाई महत्त्वपूर्ण व्यक्तिका रूपमा देखाउन सञ्चारमाध्यमहरूलाई सूचना चुहाएको बताउनुभयो ।

ट्रम्पले रुसी अधिकारीसँग साँठगाँठ रहेको भन्ने आरोप सार्वजनिक रूपमा नै अस्वीकार गर्दै आउनुभएको छ । यस विषयमा अमेरिकी विशेष संयन्त्रले अनुसन्धान गरिरहेको छ ।

फोटो: एन्बिसी न्युज

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू