अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४६ | Colorodo: 00:01

गायक ओम बिक्रम बिष्टको सहयोगार्थ न्युयोर्कमा आयोजित सांगीतिक साँझ सम्पन्न

५,२३७ अमेरिकी डलर संकलन

बिआरटीनेपाल २०७४ पुष २० गते ६:०४ मा प्रकाशित

वरिष्ट पप गायक ओम बिक्रम बिष्टको उपचार सहयोगार्थ अमेरिकाको न्युयोर्कमा राखिएको सांगीतिक साँझबाट अमेरिकी डलर ५२३७ रकम संकलन भएको छ । दुवै मृगौलाले काम गर्न छाडेपछि लामो समयदेखी उपचार राईरहेका ६३ बर्षिय गायक बिष्टको सहयोगका लागि गत शनिवार, डिसेम्बर ३० तारिक, न्युयोर्कको ज्याक्सन हाईट स्थित शेर्पा किदुग हलमा उनको सहयोगका लागि आयोजना गरि सांगीतिक साँझबाट सो रकम संकलन भएको हो ।

नेपाली अमेरिकन कलाकार सँघ र रिभेल ईभेन्ट्को संयुक्त आयोजनामा सम्पन्न सहयोग साँझबाट प्राप्त रकम यसै साता गायक बिष्टलाई हस्तान्तरण गरिदैं छ भने रकम बाँकी रकम पनि संकलन हुने जानकारी नेपाली अमेरिकन कलाकार सँघका महासचिव अभय ढुंगेलले दिएका छन् ।

सिर्जना स्याङदन, राजेश हमाल, अभय ढुंगेल, राम श्रेष्ठ, शिशिर श्रेष्ठ, न्हुच्छेमान डँगोल, दावा शेर्पा लगायतको मुख्य अगुवाईमा सम्पन्न कार्यक्रममा न्युयोर्क स्थित नेपाली बाणिज्य दुतावासका बाणिज्यदूत कृष्ण कुमार क्षेत्रीले गायक बिष्टको सहयोगका लागि दुतावासको तर्फबाट सरकालाई ध्यानाकर्षण गराई सकेको बताएका छन् ।

कार्यक्रममा सपनाश्री, तिलक बम मल्ल, गम्बु शेर्पा, पुनम प्रधान, गीता बिर्लाकोटी, न्हुन्छेमान डंगोल, सँगिता मुखिया, बिमल डाँगी, राम श्रेष्ठ, राजेन्द्र राई, बिक्की पुलामी, पूजा न्यौपाने, सानु शेर्पा, विश्व तेन्जिङ, यशोदा खालिङ राई, बसन्ती राई, रानी श्रेष्ठ, सुरेन्द्र बास्तोला, सुबर्ण शाक्य, अनु खड्का लगायत कलाकारहरुको प्रस्तुती रहेको सहयोग साँझमा बिट्स ब्यान्डको तर्फबाट रोकेश गुरुङ, ठिले थकाली र रिञ्जी शेर्पाले पनि प्रस्तुती राखेका थिए ।

हाल आफ्ना छोरी जुवाईसँग न्ययोर्कको क्यानजोहोरी शहरमा रहेका गायक बिष्टको हप्तामा तीन पटकसम्म डयलोसिस गराउनु पर्दा र तत्काल उनको मृगौला प्रत्यारोपणका लागि मृगौला दान गर्ने ब्यक्तीका परिवारको खर्च, भारत बसाई र औसधोपचारका लागि २५ लाख रुपयाँको आवश्यकता पर्ने भएपछि प्रवासमा रहेका नेपालीहरु उनको सहयोगमा जुटेका हुन् । आफुलाई बचाउन प्रत्यक्ष र अप्रत्यक्षरुपमा सहयोग पुर्याईरहेको सम्पुर्ण नेपाली प्रति आभार ब्यक्त गर्दै गायक बिष्टले भनेका छन् -‘मैले कहिल्यै कसैसँग सहयोग मागेको थिइनँ तर मेरो जीवन रक्षाका लागि सबैजना लागि पर्नु भएको छ, मैले कुनै पार्टिको झण्डा बोकेर नहिडेपनि मेरा लागि मनकारी स्रोता कमाएको रहेछु यसैमा खुसी लागेको छ र सम्पुर्णमा धन्यवाद ।’

गायक बिष्टको उपचार सहयोगार्थ नै अन्तराष्ट्रिय नेपाली कलाकार समाज ९ईनास०को आयोजनामा यही जनवरी २० तारिकको साँझ वाशिङटन डिसी स्थित एम्वेशी हलमा पनि एक कार्यक्रमको आयोजना गरिएको छ भने उनको उपचारका लागि ‘गो फण्ड मी’ नामक अनलाइन आर्थिक संकलन अभियान पनि सँचालनमा छ । जसका लागि https://www.gofundme.com/4aso5fsबाट आफुले सकेको सहयोग गायक बिष्टलाई गर्न सकिने छ ।

प्रतिक्रिया