अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५३ | Colorodo: 08:08

एपलले सन् २०१७ मा यि ३ खाले आईफोन निकालेर जोखिम मोल्यो

बिआरटीनेपाल २०७४ पुष १७ गते ५:४६ मा प्रकाशित

एपलले सन् २०१७ मा ३ खाले आईफोन निकालेर जोखिम मोलेकै हो । त्यसमा पनि आई फोनटेनको मुल्य त ९९९ डलर रह्यो । फेरी धेरै उपभोक्ताले गत वर्ष बजारमा आएको आइफोन सेवेन सेवेन प्लस र एट र एट प्लसबीच स्तरोन्नतिमा सामान्य अन्तर मात्र पाए । आई फोन टेनले त एट र एट प्लसलाई ओझेलमै पारिदियो ।

तर, समग्रमा आइफोनको बिक्री सबैभन्दा बढी रह्यो । यो वर्ष २२ करोड ३० लाख थान आइफोन बिक्रि भयो । सन् २०१८ मा बिक्री अझ बढ्ने ठानिएको छ । मुरहेड इन्साइटका विश्लेषक प्याट्रिक मुरहेड आईफोन टेन बाहेक अन्य आइफोनको मुल्य घटाउने कम्पनीको भावी रणनीतिबाट बिक्री आकाशिने बताउँछन् ।

आइडिसीको अनुसन्धान अनुसार विश्व स्मार्ट फोनको ८५ प्रतिशत बजार गुगलको एन्ड्रोइड प्रणालीले ओगटेको छ । एपलको आइओएसको बजार हिस्सा भने १५ प्रतिशत मात्र छ । त्यसका वावजुद सबैभन्दा मन पराइएको ब्राण्ड आइफोन नै हो । दोस्रो नम्बरमा रहेको सामसुङ ग्यालेक्सी जसको बिक्री ३ करोड ३० लाख मात्र छ । सन् २०१६ मा सामसुङले ३२ करोड थान मोबाइल बजार पठाएको थियो । जे थ्री, अन एट र ए नाइन जस्ता धेरै सामसुङ मोबाइल अमेरिकामै बिक्यो ।

त्यसपछि सबैभन्दा बढी बिक्री हुनेमा एमाजन इको डट रह्यो । सन् २०१७ मा एमाजन इको डट २ करोड ४० लाख थान बिक्यो । एपल वाच २ करोड थान बिक्री सहित चौथा स्थानमा र निन्तेन्डो स्वीच १ करोड ५० लाख थान सहित पाँचौं स्थानमा रह्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू