अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३३ | Colorodo: 23:48

न्यु यर इभ २०१८ मनाउन राजेशपायल राई इटहरीमा

बिआरटीनेपाल २०७४ पुष १५ गते २२:४४ मा प्रकाशित

इटहरीको जाडोलाई तताउन इटहरीको जनता स्कुलको मैदानमा लामो समयपछि अङ्ग्रेजी नयाँ वर्षलाई स्वागत तथा २०१७ लाई बिदाइ गर्न मेगास्टार राजेशपायल राई नेपाल आइस बियरको मुख्य प्रायोजनमा आज अर्थात् डिसेम्बर ३१ मा हुने नेपाल आइस न्यु यर इभ कन्सर्टमा आफ्नो प्रस्तुति दिन आउदैछन् ।

डिसेम्बर ३० को फिदिमको कन्सर्ट सकेर २०१७ को अन्तिम रात राई इज किंग राजेशपायल राईले आफ्ना दर्जनौ चर्चित गीतहरू गाएर इटहरीको जाडोलाई तताउने छन् । इटहरीमा धेरै समय पश्चात् भएको भव्य कन्सर्टको लागि मेगा स्टार राजेशपायल राई सँगै पूर्वमा अहिले निक्कै चर्चित गायक डिल्ली फोम्बो, गायक बबिन लिम्बु, गायिका अन्जु गौतम र कभर गायनमा चर्चामा आएका गायक पल लिम्बुको प्रस्तुति रहनेछ ।

कन्सर्टलाई भंब्य र सभ्य बनाउन इटहरीको जनता मैदानमा नयाँ प्रविधिको आकर्षक साउण्ड, स्टेज तथा लाइट सिस्टमको व्यवस्था गरिएको संयोजक भुतपुर्व राष्ट्रिय खेलाडी सुरेन्द्र तामांग बताउछन ।

अग्रिम टिकट रु १०० रहेको नेपालआइस न्यु यर इभ कन्सर्ट २०१८ को गेट टिकट भने रु २०० राखिएको छ ।

प्रतिक्रिया