अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४२ | Colorodo: 22:57

नेपालका लागि अमेरिकी राजदुत अलाइना बि. टेप्लिजको नजरमा नेपाल र नेपाली (भिडियो)

बिआरटीनेपाल २०७४ पुष १२ गते ०:३५ मा प्रकाशित

नेपालका लागि अमेरिकी राजदुत अलाइना बि. टेप्लिजले नेपाल र नेपालीलाई सुन्दर देशका समझदार र जीम्मेबार जनता भएको बताएकी छन् । नेपालका ३३ जिल्लामा आफु पुग्दा राम्रो स्वागत र सद्भाव पाएकोमा खुसि ब्यक्त गर्दै राजदुत टेप्लिजले नेपालका नागरिक देश र परिवार प्रति अत्यन्त जिम्मेबार रहेको धारणा राखेकी हुन् ।

राजदुत टेप्लिजले २०-२५ बर्षको अवधिमै नेपालको गरिवी आधा घटेको र मातृशिशु मृत्युदरमा १ तिहाई भन्दा बढि कमि आएको भन्दै अमेरिकाले नेपाललाई गरेको सहयोगले केही चमत्कारी परिणाम सहितको सुधार आएको बताएकी छन् ।

प्रस्तोता भुषण दाहालको चर्चित कार्यक्रम फायर साइडकी अतिथीका रुपमा आएकी राजदुत टेप्लिजले नेपालको राजनितीक अवस्थासंगै भारत र चिनप्रतिको धारणा समेत राखेकी छन् ।

प्रतिक्रिया