अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५५ | Colorodo: 12:10

२०१७मा आकर्षण बनेका ४ अमेरिकी कार यस्ता छन्

बिआरटीनेपाल २०७४ पुष ११ गते २१:५९ मा प्रकाशित

टेल्सा मोडेल थ्री यो वर्ष आकर्षणको मुख्य केन्द्र बन्यो । तर, अमेरिकामा विरासत बोकेका कार निर्माता पनि कम निस्केनन् । सन् २०१७ मा सडकको आकर्षण बनेका ४ अमेरिकी कार यस्ता छन् ।

डज च्यालेन्जर एसआरटी डेमन (Dodge Challenger SRT Demon)
यो साँच्चिकै पांग्रा भएको राक्षस हो । यसको भी ८ इन्जिन ८ सय ८ एचपीको छ जसले यो कारलाई अमेरिकी इतिहासमै सबैभन्दा शक्तिशाली कार बनाएको छ । तर, १०० अक्टेन इन्धन प्रयोग गर्दा यसको एचपी ८ सय ४० हुन्छ । यसले कारको वारेन्टीमा असर गर्दैन । यो कारको इन्जिन ज्यादै तात्छ । त्यसलाई चिस्याउन एअर कन्डिसन जडान गरिएको छ । यसको मुल्य ८५ हजार अमेरिकी डलर छ ।


क्याडिल्याक सिटी सिक्स विद सुपर सिक्स (Cadillac CT6 with Super Cruise) 

द सिटी सिक्स सेडान क्याडिल्याकको बेस्ट सेलर होइन । तर, प्रविधिका हिसावले यो कार कोसेढुंगा हो । यसमा सुपर क्रुज प्रणाली छ जसमा क्यामेरा, राडर र अमेरिका र क्यानडाको थ्री डी म्याप छ । यो प्रविधिबाट हात प्रयोग नगरी कार चलाउन सकिन्छ । यो कारमा जडित क्यामेराको लेन्स प्रयोग गर्न सकिन्न । तर, ब्यस्त सडकमा पनि यो कारले १ माइल अगाडि नै खतराको सूचना दिन्छ । टोल बुथ र घुम्ति लगायतका ठाउँमा यस्तो सूचना काम आउँछ । यो कार चलाउन हात नै नभए पनि हुने होइन । तर, त्यस्तो कार धेरै टाडा छैन भन्ने क्याडिल्याक सिटी विद सुपर सिक्सले देखाउँछ ।


फोर्ड जिटी (Ford GT)

यो कार किन्न धनी नै हुनुपर्छ । तर, १००० फोर्ड जिटी सुपर कारको सुरु मुल्य नै ४ लाख ५० हजार अमेरिकी डलर छ । यो बिग थ्री (जेनेरल मोटर्स, फोर्ड र फियट क्रिस्लर) ले निर्माण गरेको कुनैपनि कारभन्दा फरक छ । यो सडकका लागि निर्माण गरिएको रेसिङ कार हो । यसको बडी कार्बनले बनेको छ भने यसमा च्यासिस टब छ । यसमा सस्पेन्सन तल माथि गर्न हाइड्रोलिक प्रणाली छ भने ६५७ एचपी ट्वीन टर्बो चार्जड् भी सिक्स इन्जिन छ । प्रति घण्टा २ सय १६ माइलको गतिमा दौडन सक्ने यो कार हालसम्मकै सबैभन्दा तीब्र गतिमा कुद्ने कार हो ।


चेभ्रोलेट बोल्ड (Chevrolet Bolt)

बजार कसले ओगट्छ भन्ने एउटा कुरा हो । तर, मोडल थ्रीलाई चेभ्रोलेट बोल्टले सँधै चुनौती दिनेछ । यो सन् २०१७ मा बजारमा आएको पहिलो हाइब्रिड कार हो जुन एक पटक चार्ज गरेपछि २०० माइल कुद्छ । यसको मुल्य ७ हजार ५ सय अमेरिकी डलर करबाहेक ३० हजार अमेरिकी डलरभन्दा कम छ । यो कारले टेल्सालाई बजारमा वर्षभरी चुनौति दियो र नोभम्बरमा बजार प्रतिस्पर्धामा उछिन्यो पनि । यसबाट जेनेरल मोटर कम्पनी हौसिएको छ । उसले आगामी ५ वर्षमा २० नयाँ मोडलका विद्युतीय कार बजारमा ल्याउने घोषणा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू