अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५२ | Colorodo: 16:07

२७ बर्ष पुरानो सफल चलचित्र ‘चिनो’कै हाराहारीमा आफ्नो नयाँ चलचित्र बन्दै गरेको शिव श्रेष्ठको घोषणा

बिआरटीनेपाल २०७४ पुष १० गते ६:५२ मा प्रकाशित

बतासले उडाई ल्यायो माया मेरो
फूलमाथी सजाई दियो छायाँ तिम्रो
जिन्दगानी उपहार भो…….

मोहनी लाग्ला है गाउँलेको बोलीले……

२७ बर्ष पुरानो सफल  चलचित्र चिनोका यी गीतहरु नेपाली सांँगीतिक क्षेत्रको सदाबहार गीतहरु हुन् । नायक शिव श्रेष्ठ र नायिका कृष्टि मैनाली अभिनित चलचित्र चिनो नेपाली चलचित्र क्षेत्रको अत्याधिक सफल चलचित्र सुचिमा पर्दछ । यहि चलचित्रबाट बरिष्ठ कलाकार सुनिल थापा राते काईँलाका नामले आज सम्म चर्चामा छन् भने सो चलचित्रमा नायक शिव श्रेष्ठको नृत्य र अभिनयकलाको प्रशंंसा संंधै उच्च सम्मानका साथ लिईन्छ ।

तिनै नायक नायक शिव श्रेष्ठले आफ्नो नयाँ चलचित्र चिनो कै हाराहारीमा निर्माण हुन लागेको घोषणा गरेका छन् ।  चलचित्रको नाम नखुलाएको भएपनि शिव श्रेष्ठको बन्न लागेको नयाँ चलचित्रमा अडिसन मार्फत केहि कलाकार र निर्देशक छनौट भएका छन् ।

आउँदो माघबाट स्वदेश तथा विदेश दुवैतिर छायाङ्कन सुरु गरिने बताईएको यो चलचित्रमा नयाँ पुस्ताका कलाकारहरु वर्षा राउत, सन्जोग कोइराला र विष्णु चेम्जोङ्गको नाम सार्वजनिक भएको छ भने अन्य कलाकारमा केहि नयाँ र पुराना कलाकारहरुको नाम केहि दिनपछि सार्वजनिक गरिने जानकारी छ ।

फिसटेल मुभिजको व्यानरमा बन्ने यो चलचित्रमा अडिसनबाट निर्देशकका रुपमा दिपेश सापकोटा अनुबन्धित भएका छन् भने द्वन्द्व निर्देशकमा राजेन्द्र खड्गी, संगीतकार द्वयमा वसन्त सापकोटा र सन्तोष रजौरे रहने छन्।

कथा र प्रस्तुति नायक शिव श्रेष्ठकै रहने  चलचित्रमा नेपालको समसामयिक विषय समेटिएको बताइएको छ ।

प्रतिक्रिया