अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४२ | Colorodo: 10:57

भारतको प्रख्यात प्रि–स्कुल स्यानफोर्ट काठमाडौँमा

अभिनेत्री केकी अधिकारी, डिआइजि कार्की र स्कुल समूहका प्रबन्ध निर्देशक राठौरद्वारा संयुक्त रूपमा उद्घाटन

बिआरटीनेपाल २०७४ पुष ८ गते ७:४२ मा प्रकाशित

काठमाडौँ, भारतको प्रख्यात स्यानफोर्ट प्रि–स्कुलकाठमाडौंमा सुरु भएको छ । काठमाडौँको विशालनगर मार्गमा स्थापनाभएको स्यानफोर्र्ट प्रि–स्कुलको उद्घाटन प्रहरी अनुसन्धान ब्युरो (सिआइबि) प्रमुख डिआइजि पुष्कर कार्की र अभिनेत्री केकी अधिकारी र सैनफोर्ट स्कुल समूहका प्रबन्ध निर्देशक एस के राठौरले शनिवार संयुक्त रूपमा गर्नुभएको हो ।

प्रि–स्कुल उद्घाटन कार्यक्रममा स्यानफोर्ट स्कुल समूहका प्रबन्ध निर्देशक राठौंरले यस स्कुलमार्फत वेलायती अवधारणा अनुसार शिक्षा दिने बनाउनुभयो ।

भारतको उत्कृष्टप्रि–स्कुलको ब्राण्ड बनाउन सफल स्यानफोर्ट बालबालिकाको समग्र विकासका लागि ठुलो योगदान पु¥याउँदै आएको छ । नेपालमा पनि सोही स्तरको शिक्षा दिनका लागि यो स्यानफोर्ट प्रि–स्कुल स्थापना गरिएको हो । यस स्कुलले प्रारम्भिक वर्षमा सिकाइमा आउने ‘ग्याप’लाई पुरा गरेको छ ।

स्यानफोर्र्ट प्रि–स्कुलका धेरै विशेषताहरू रहेका छन् । यस स्कुलका कक्षाकोठाहरु रंगिन क्रियाकलाप केन्द्रित रहेका छन् । त्यसै गरी स्मार्ट लर्निङ सिस्टम तथा खेलौना सम्बन्धी आधुनिक उपकरणले भरिपूर्ण भएका कारण यस स्कुल बालबालिकाका लागि सपनाको घर जस्तै साबित भएको छ । यहाँ पढाइ हुने पाठ्यक्रम समय सुहाउँदो तथा प्रभावकारी छ जसका कारण वालवालिकाहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा विकसित भएका पछिल्ला घटनाक्रमलाई सहजरुपमा सिक्न सहज हुनेछ । स्यानफोर्ट स्कुल समूहअन्तर्गत भारत, बङ्गलादेश र नेपाल सहितका मुलुकमा १५० भन्दा बढी स्कुलहरुको नेटवर्क रहेको छ । यसले ४० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड हात पारिसकेको छ । हरेक स्कुलका प्रमुख तथा शिक्षकहरूले स्यानफोर्ट मुख्य कार्यालयबाट उच्च स्तरको तालिमप्राप्त गरेका छन् । जसका कारण पनि उनीहरूलाई स्कुलमा पढाइ हुने पाठ्यक्रम कार्यान्वयनमा सहयोग पु¥याएको छ ।

स्कुलले निकट भविष्यमै अन्य धेरै शाखा सञ्चालनगर्ने योजना बनाएको छ । काठमाडौँको विशालनगर मार्ग स्थित स्कुल उद्घाटन कार्यक्रममा स्यानफोर्ट फ्रेन्चाइज निर्देशकहरु विनोद श्रेष्ठ र सागर प्रजापतिले यस स्कुलमार्फत गुणस्तरीय र स्यानफोर्ट निर्देशगरे अनुसारको शिक्षादिने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस स्कुलबाट पढेका विद्यार्थीहरू अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न योग्य हुने उहाँहरूको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू