अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४८ | Colorodo: 05:03

अमेरिकामा सुम्निमा साँझ–९ हुँदै

बिआरटी नेपाल संवाददाता-न्यू योर्क । २०७४ पुष ५ गते २३:१६ मा प्रकाशित

किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) ले सुम्निमा साँझ–९ आयोजना गर्दैछ ।  अमेरिकामा राई समुदायको संस्कार संस्कृति प्रवद्धन गर्ने उदेश्यले हरेक वर्ष डिसेम्बरमा आयोजना हुँदै आएको छ । यसपटक डिसेम्बर २४ मा क्वीन्स, अस्टोरियमा हुँदैछ ।

कार्यक्रममा राईहरुको संस्कृति झल्किने साकेला-साकेवा नाच, अमेरिकामा राई समुदायको इतिहास र गतिविधि झल्किने भिडियो र अन्य मनोरञ्जनात्मक कार्यक्रम हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा गायक नरेन्द्र प्यासी, तिलकबम मल्ल, पार्वती राई र सुमन बुढामगर लगायतका कलाकारको प्रस्तुति हुने सुम्निमा साँझ–९ का संयोजक सुमन नाछिरिङले बताए । कार्यक्रममा स्थानीय कलाकारहरुले ब्याण्ड प्रस्तुति र नाचगान पनि समावेश रहेको उनको भनाइ छ ।यो केआरएसएको यो सिग्नेचर प्रोग्राम हो । नेपाली समुदायले चलाएको एकाध कार्यक्रमले मात्र निरन्तरता पाएको छ । सुम्निमा साँझ भने ९ वर्षदेखि निरन्तर रुपमा चलिरहेको छ । संयोजक नाछिरिङ किरात राई समुदायको यो कार्यक्रम सबै नेपाली समुदायमाझ चर्चित रहेको बताए ।

कार्यक्रममा कम्तिमा ५ सय उपस्थित हुने आयोजकको अनुमान छ । कार्यक्रमको सफलताको लागि न्यू योर्क सिटी कम्ट्रोलरको कार्यालयले शुभकामना सन्देश पठाइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू