अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१० | Colorodo: 04:25

नेपाली युवा कृष्ण शर्मा अमेरिकी राष्ट्रपति कार्यालय(ह्वाइट हाउस)का लागि भाषा विज्ञ नियुक्त

बिआरटीनेपाल २०७४ पुष ५ गते ०:२४ मा प्रकाशित

अमेरिकी राष्ट्रपतिको कार्यालयले कृष्ण शर्मालाई भाषा विज्ञको रूपमा नियुक्त गरेको छ। यो नियुक्ति सगैं शर्मा ह्वाइट हाउसमा जागिरेको रूपमा काम गर्ने अवसर पाउने पहिलो नेपाली मूलका अमेरिकी बनेका छन्।

यस नियुक्ति सम्बन्धमा शर्मासगं बिस्तारमा जानकारी लिन खोज्दा भाषा विज्ञको रूपमा नियुक्ति लिएको तर त्यस बाहेक अरू जानकारी दिन नमिल्ने बताए। परिवारले पनि सम्पर्क गर्दा यो राजनीतिक नियुक्ति नभई जागिरे नियुक्ति भएको र त्यस भन्दा बढी जानकारी आफूलाई नभएको बताए ।

अमेरिकी नेपाली समुदाय बिच एक असल तथा स्वतन्त्र छवि बनाएका शर्माले करिब डेढ़ वर्ष देखि नेपाली समुदाय माझ आफू  र आफ्नी छोरी सुकृती शर्मासँग संयुक्त रूपमा सञ्चालन गर्दै आइरहेको ‘अमेरिकी सम्बाद’ नामक टेलिभिज़न कार्यक्रम समेत रोकेका थिए।

शर्माले नेपालमा हुँदा दि राइजिगं नेपाल अंग्रेज़ी दैनिकमा उप-सम्पादकको रूपमा सात वर्ष सम्म सेवा गरी अमेरिकामा आए पछि दि वासिङ्टन पोस्टमा करिब छ वर्ष सम्म काम गरेका थिए।त्यसपछि उनले वासिगंन डी सी स्थित न्याय विभागमा भाषा शास्त्रीको रूपमा क़रीब पाँच वर्ष सम्म काम  गरे। शर्मा नेपाल अमेरिका पत्रकार सघं(नेजा )का पूर्व अध्यक्ष पनि थिए। उनले सन् २०१५ देखि भर्जिनियाको फेयरफ्याक्स स्टेसन स्थित दुर्गा मन्दिरमा नवदुर्गा नेपाली पाठशाला स्थापना गरी निरन्तर सचांलनमा ल्याएका छन्।

सुरुका दिनमा शर्मा र उनकी श्रीमती सोना लामिछाने लगायत अन्य अभिभावकहरूको संयुक्त शिक्षणबाट बालबालिकाहरू लाभान्वित थिए । हाल अर्का शिक्षक हरीकृष्ण पुडासैनि सगैं शर्माले हरेक आइतबार बिहान केटाकेटीहरूलाई नेपाली भाषा, संस्कृति पढाउदछन l 

(तस्बिर सौजन्य :बिमल नेपाल)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू