अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२० | Colorodo: 02:35

प्रतिकूल मौसमले त्रिभुवन विमानस्थलको आन्तरिक उडान प्रभावित

बिआरटीनेपाल २०७४ पुष ३ गते ३:२३ मा प्रकाशित

प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने विभिन्न गन्तव्यका आन्तरिक उडान प्रभावित भएको छ ।  कुइरो लागेका कारण भद्र्रपुर, सिमरा, भैरहवा र धनगढीको उडान रद्द गरिएको त्रिअवी आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका प्रमुख परवेज आलम सिद्दिकीले बताउनुभयो ।


गन्तव्य उडानका लागि विमानस्थल पुगेका यात्रु उडान रद्द भएपछि मर्कामा परेका थिए । बुद्ध, यति, श्रीलगायतका एयरलाइन्सले उडान रद्द भएकामा यात्रुसँग क्षमायाचनाको सञ्चार गराइरहेका थिए ।

विमानस्थलबाट आन्तरिकतर्फ दैनिक करिब पाँच हजार यात्रु आवतजावत गर्ने गरेका छन् ।

आन्तरिकतर्फ हेलिकप्टरसहित (नेपाल वायुसेवा निगम, बुद्ध, यति लगायत) १८ वटा वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् ।

यता अन्तर्राष्ट्रियतर्फ भने बढीमा आधा घण्टा आकाशमै अडिने (होल्ड) भए पनि नियमित उडान भइरहेको विमानस्थलले जनाएको छ । हाल ३० वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानपख तराई क्षेत्रमा बाक्लो कुइरो लागे पनि अपराह्नतिर केही सुधार आएको छ । अहिले काठमाडौँ लगायत पूर्वी तराई भेगमा आंशिक बदली रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार अझै केही दिन बिहान बाक्लो कुइरो लागे पनि दिउँसोतिर आंशिक बदलीको अवस्था रहेन अनुमान छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम ४.६ र अधिकतम १९ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।(रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू