अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४५ | Colorodo: 14:00

नायिका नन्दिता केसी अभिनीत “सङ्गलो यो मन ” नयाँ नेपाली गीत को भिडियो सार्वजनिक

विजय थापा, डिसी २०७४ पुष २ गते १६:२२ मा प्रकाशित

अमेरिकाको एटलान्टाको जर्जियाबाट रिदम स्क्रिन क्रिएसनले नेपाली चलचित्रकि अभिनेत्री नायिका नन्दिता केसी लगायत अन्य कलाकार सहितलाई समेट्दै “सङ्गलो यो मन ” नयाँ नेपाली गीतको भिडियो सार्वजनिक गरेको छ l 

एटलान्टाको जर्जिया स्थित काठमाडौँ किचेन ग्रिलमा गत डिसेम्बर १६ तारिख अमेरिकाको एटलान्टाको जर्जियामा छायाँकनको भिडियो शुभारम्भ गरेको छ l

रिदम स्क्रिन क्रिएसनले उक्त “सङ्गलो यो मन ” नयाँ नेपाली गीतको भिडियो डिसेम्बर १७ तारिख देखि मात्र आधिकारिक रूपमा सार्वजनिक गर्ने जानकारी दिएको छ l उक्त सङ्गीत भिडियोमा मुख्य अभिनयमा नायिका नन्दिता केसी तथा भानु तिवारी (देवजन) को रहेको छ l

स्वर किरण गजमेर तथा टीका लामिछानेको रहेको छ भने सङ्गीत अम्बर तुम्बापो सुब्बाको रहेको छ l शब्द मनिष अधिकारीको हो भने सङ्गीत व्यवस्थापन कमल राईले गरेका छन् l

भिडियोको निर्देशन कमल राई तथा भुवन रनपालको रहेको छ भने छायाङ्कन (क्यामरा )सुरेन्द्र मान सिंहको रहेको छ l यसै गरी सम्पादन/भीएफएक्स/रूप/परिकल्पना कमल राईले गरेका छन्

रिदम स्क्रिन क्रिएसनले दिलीप दाहाल, प्रकाश दर्नाल, बिएम खालिंग, सिमन रमदम, सन्तोष रमदम तथा सुरज राईलाई विशेष धन्यवाद दिएको छ l

सम्बन्धित सामग्रीहरू