अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१५ | Colorodo: 23:30

क्यान ईन्फोटेकको प्रेस विज्ञप्ति

बिआरटीनेपाल २०७४ मंसिर २८ गते ८:२० मा प्रकाशित

क्यान महासङ्घ सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता सङ्गठन रहेको यहाँहरु समक्ष अवगत नै छ । क्यान महासङ्घले विगत २५ वर्ष देखि नेपालमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार तथा प्रवद्र्धनको लागि विभिन्न किसिमका सेमिनार, कार्यशाला, गोष्ठि, अन्तरक्रिया मार्फत आम जनमानसमा चेतना अभिवृद्धि, विकास एवं विस्तार तथा यस क्षेत्रका विषयगत समस्या समाधानका लागि व्यवसायी तथा सरकारका सम्बन्धित निकायसँग समन्वय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रदर्शनी र सम्मेलनहरु गर्दै आइरहेको यहाँहरुमा विदितै छ । क्यान महासङ्घले आफ्नो स्थापनाको दुई वर्ष पछि सन् १९९५ देखी नै काठमाडौँमा क्यान इन्फोटेक आयोजना गर्दै आएको छ । हाल आएर यस क्यान ईन्फोटेकलाई काठमाण्डौं उपत्यका लगायत देशका विभिन्न स्थानमा पनि आयोजना गर्दे आएका छौ । ६ दिनसम्म सञ्चालन हुने यस वर्ष को मेलामा क्यान महासङ्घका सदस्य संस्थाहरू लगायत विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीहरूको सहभागिता रहने छ । प्रदर्शनीले नेपाली सूचना प्रविधि क्षेत्रको समुन्नत विकासमा सहयोग पु¥याउनेछ भन्ने हामीले आशा गरेका छौँ । साथै यस मेलामा ब्यवसायीहरुले व्यापारिक सम्भावनाहरू विस्तारित गर्ने मात्र नभई विभिन्न नयाँ तथा नौलो प्रविधिको प्रदर्शनी गर्ने पनि मौका पाउनेछन । साथै अवलोकनकर्ताहरुले पनि एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ नयाँ प्रविधि, उपकरणहरुको अवलोकन तथा खरिद समेत गर्न पाउने छन् ।

यसै सन्दर्भमा बर्सेनि आयोजना गर्दै आइरहेको क्यान ईन्फोटेक यस वर्ष आगामी मिति २०७४ माघ ११ गते देखि १६ गते –तदनुसार सन् २०१८ जनवरी २५ देखि ३०) सम्म काठमाण्डौं भृकुटीमण्डप स्थित प्रदर्शनी स्थलमा आयोजना गर्न गइरहेका छौ । विश्वमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले आयोजना गर्दै आइरहेको क्यान ईन्फोटेकको यो २४ औँ संस्करण हो ।

यस २४ औँ संस्करण क्यान ईन्फोटेकको शीर्ष प्रायोजन सुविसु केबलनेट प्रा.ली रहेको तथा एशोसिएट प्रायोजक मोटोरोला नेपालको आधिकारिक बिक्रेता लाईफकम प्रा.लिई रहेको हुनाले यस संस्करणको अफिसियल नाम नै “सुविस क्यान ईन्फोटेक २०१८ इन एशोसिएशन विथ मोटोरोला” रहेको छ, । त्यस्तै प्लाटिनम स्पोन्सर– वल्र्डलिंक कम्युनिकेसन , डायमण्ड स्पोन्सर– नेपाल टेलिकम र टि.पी लिङ्क गोल्ड स्पोन्सरहरु– हुवावे, एम.आई. स्मार्ट फोन र महालक्ष्मी मोबाइल , सिल्भर स्पोन्सरहरु– नेटिस, एस.पावर, लर्ड बुद्ध एजुकेशन फाउण्डेसन, टेक्नोस कर्पोरेशन (नेपाल) प्रा.ली रहेका छन् भने प्रिन्ट स्पोन्सरमा– नवीन डिस्ट्रिब्युटर्स प्रा. ली रहेको छ ।

अफिसियलहरुमा बैङ्क– सन्राइज बैङ्क, ईन्स्योरेन्स– प्रडेन्सियल ईन्स्योरेन्स, आई.एस.पी.– सुबिसु, अनलाइन टिकेटिङ्ग– एफ वान सफ्ट ईन्टरनेशनल, अनलाइन पेमेन्ट– ई–सेवा, एस.एम.एस.मा– स्प्यारो एस.एम.एस. र क्रियटिभ– विटी प्रिन्टिङ्गस् रहेका छन् ।

“सुविसु क्यान ईन्फोटेक २०१८ इन एशोसिएशन विथ मोटोरोला” मा मुख्य प्रदर्शनी हल भित्र ४९ वटा ठुला र हल बाहिर ५ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहेका छन् भने ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुड स्टलहरु १० गरी जम्मा २२२ स्टलहरु रहनेछन् । यस प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र अन्य रहेका छन् । हालसम्म मुख्य प्रदर्शनहल भित्र शत् प्रतिशत स्टल बुकिङ्ग भई सकेका छन् भने ट्रसमा ६० प्रतिशत स्टलहरु बुकिङ्ग भई सकेका छन् ।

विगतका वर्षहरूमा पनि क्यान ईन्फोटेकमा सर्वसाधारणहरुको उत्साह जनक सहभागिता रहेको कुरा यहाँहरु समक्ष विदितै छ । यस पटक पनि त्यो उत्साहमा अझ ऊर्जा थपिने छ भन्ने आशा हामीले लिएका छौँ । “सुविसु क्यान ईन्फोटेक २०१८ इन एशोसिएशन विथ मोटोरोला” अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क रु १०० र विद्यार्थीहरूलाई रु ५० तोकिएको छ । २०७४ माघ १४ गते आइतबारको दिनलाई विजनेश डे को रूपमा घोषणा गरिएको छ । उक्त दिनको प्रवेश शुल्क सम्पूर्ण अवलोकनकर्ताहरुको लागि रु १०० तोकिएको छ । उक्त दिन विशेष गरी विजनेश हाउसेसहरुले आफ्नो व्यापार प्रवद्र्धनकोे लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्ष रूपमा विजनेश डिल गर्न सक्नुहुनेछ ।

“सुविसु क्यान ईन्फोटेक २०१८ इन एशोसिएशन विथ मोटोरोला” का शीर्ष प्रायोजक सुविसुले आफ्नो ग्राहकहरुलाई थप नबिन्तम तथा अत्यन्त उच्च कोटिका सेवाहरू जस्तै – Digital TV सेवा र Broadband Internet सेवा सम्बन्धी जानकारी प्रदान गर्ने छ भने एशोसिएट प्रायोजक मोटोरोलाले नेपालका लागि special feature/design भएको विभिन्न फोनहरु प्रदर्शन गर्ने छ । त्यस्तै डायमण्ड स्पोन्सर नेपाल टेलिकमले मोबाइल प्रविधिको नयाँ 4G पनि यस प्रदर्शनीमा प्रदर्शन गर्ने छ ।

यस पटकको प्रदर्शनीमा विशेष गरी ब्रोडब्याण्ड इन्टरनेट र कम्युनिकेशन टेक्नोलोजीलाई जोड दिएका छौँ । जस अन्तर्गत ब्रोडब्याण्ड इन्टरनेट सेवामा विशेष सहुलियत सहित High Speed Internet प्रमुख आकर्षण बन्ने छन् भन्ने हामीले आशा लिएका छौ । साथै टेलिफोन तथा मोबाइल फोन कम्पनीहरूले पनि आकर्षक अफर लिएर आउंदैछ । बजारमा उपलब्ध कम्प्युटर हार्डवेयर सामाग्रीहरुमा पनि विशेष सहुलियतका साथ यस प्रदर्शनीमा उपलब्ध हुनेछ तथा नयाँ नयाँ प्रविधिमा आधारित मोबाइल फोन, ट्याबलेट तथा अन्य उपकरणहरू यस प्रदर्शनीमा उपलब्ध हुनेछन् । त्यस्तै हाल उपलब्ध सफ्टवेयरहरुमा नयाँ भर्जन सहितको अपडेट मोडल उपलब्ध हुनका साथ साथै नयाँ कम्पनी तथा उत्पादनहरुको समेत थालनी यसै प्रदर्शनी मार्फत हुने भएको छ । नेपाल सरकारले देशको प्रमुख सहरहरूमा अनिवार्य रूपमा Digital TV Transmission प्रणालीलाई लागु गरिसकेको हुँदा सो सम्बन्धी जानकारी समेत उपलब्ध हुने छ । विश्व विख्यात Android Mobile -Smart Phone का नयाँ प्रविधिहरू यस प्रदशनीका प्रमुख आकर्षण रहने छन् । नेपाल सरकारले परिकल्पना गरेको स्मार्ट सिटीको आधारभूत पूर्वाधार सम्बन्धी जानकारी यस प्रदर्शनीमा उपलब्ध हुने छ भने सूचना तथा सञ्चार प्रविधि को ठुलो चुनौतीको रूपमा रहेको Cyber Crime र यसको रोकथाम सम्बन्धित जानकारी यस प्रदर्शनीमा उपलब्ध हुने छ ।

“सुविसु क्यान ईन्फोटेक २०१८ इन एशोसिएशन विथ मोटोरोला” अवलोकनका लागि सरकारी विद्यालयहरुबाट अग्रिम रूपमा लिखित अनुरोध सहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । आमजनमानस माझ सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले यस “सुविसु क्यान ईन्फोटेक २०१८ इन एशोसिएशन विथ मोटोरोलामा अनलाइन टिकट खरिदको अग्रिम रूपमा व्यवस्था मिलाईनेछ भने अनलाइन टिकट खरिदमा २० प्रतिशत छुट समेत प्रदान गरिनेछ ।

अन्तमा, “सुविसु क्यान ईन्फोटेक २०१८ इन एशोसिएशन विथ मोटोरोला” प्रदर्शनी अवधि भरका सम्पूर्ण गतिविधिहरू यहाँहरु सबैले आ–आफ्नो समाचार माध्यमबाट जनमानस समक्ष पु¥याइ दिनहुन सबै पत्रकार महोदयहरुमा हार्दिक अनुरोध गर्दछु । यहाँहरुबाट पाइरहेको सहयोगका लागि हार्दिक धन्यवाद दिँदै भविष्यमा पनि यहाँहरूको सहयोग पाइरहने आशा हामीले लिएका छौँ ।

धन्यवाद !!!
विश्व राम बलामी
महासचिव
मिति: २०७४ साल मङ्गसिर २८ गते–१४ डिसेम्बर २०१७

प्रतिक्रिया