अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०५ | Colorodo: 09:20

ग्रेटर अस्टिन नेपाली सोसाइटीका ७ औँ पूर्ण बैठकका महत्त्वपूर्ण निर्णयहरू

बिआरटीनेपाल २०७४ मंसिर २४ गते २०:३३ मा प्रकाशित

गत आइतबार बसेको ग्रेटर अस्टिन नेपाली सोसाइटी कार्यसमितिको ७ औँ पूर्ण बैठकका महत्त्वपूर्ण निर्णयहरू सबैको जानकारीका लागी प्रकाशित गरिएको छ ।

१) वार्षिक साधारण सभा (GANS Annual General Meeting)
सङ्गठनको वार्षिक सधारण सभा January 21, 2018 Sunday मा गर्ने । यसका महत्त्वपूर्ण अंसहरु निम्नानुसार हुनेछन्:
— विगत कामको समीक्षा र आगामी कार्ययोजना सहितको प्रतिवेदन छलफल गरी निर्णयार्थ प्रस्तुत गरिनेछ ।
— आय ब्यय विवरण सहितको आर्थिक प्रतिवेदन छलफल गरी निर्णयार्थ प्रस्तुत गरिनेछ ।
— प्रस्तावित सामुदायिक भवन निर्माणको योजना छलफल गरी निर्णयार्थ प्रस्तुत गरिनेछ ।
— वार्षिक मुखपत्र ‘कोसेली’ को तेस्रो अङ्क निःशुल्क वितरण गरिनेछ ।

२) कार्य विभाजन
पुराना विभागहरु आवश्यकतानुसार पुनर्गठन गरिएका छन् । बिभागहरुमा अझ पनि अन्य नामहरू थपी आगामी बैठकमा पूर्णता दिईनेछ ।

क) शैक्षिक विभाग
प्रमुख प्रदुम्न श्रेष्ठ, सचिव सकुल कोइराला तथा
सदस्यहरूमा डा शर्मिला भट्ट, रिता दवाडी, कमल अधिकारी र धर्मानन्द गौतम

ख) सामाजिक सेवा विभाग
प्रमुख भोजराज भट्ट र सदस्यहरूमा बाल न्यौपाने, बसुराम भण्डारी, राम ईश्वर चौधरी, दशरथ उप्रेती र पुष्कर प्रधान

ग) सूचना तथा प्रविधि विभाग
प्रमुख सुदिप दाहल र सदस्यहरू सकुल कोइराला, किर्तना बाँस्कोटा, रविन पिया र शेर केसी

घ) संस्कृति तथा साहित्य विभाग
प्रमुख धर्मानन्द गौतम, सचिव नारायण रिजाल
सदस्यहरूमा भुपेन्द्र न्यौपाने, सकुल कोइराला, संस्कृति प्रधान, अनुषा ढकाल, बेदराज न्यौपाने, किरण श्रेष्ठ, डा. कृष्ण पन्थी, किशोर विश्वकर्मा र सुवास थापा

ङ) स्वास्थ्य विभाग
प्रमुख डा. प्रमोद शर्मा, सचिव रीता दवाडी
सदस्यहरूमा डा. शर्मिला भट्ट, कृष्ण जिसी, अनिता थापा, र चाईना अधिकारी

च) खेलकुद विभाग
प्रमुख विशाल गौतम, सचिव राजेन्द्र केसी
सदस्यहरूमा हर्क राई, राजु पौडेल र राम केसी
कोशेली प्रकाशन तयारी

January 21, 2018 Sunday मा हुने वार्षिक साधारण सभा अगावै कोशेलीको तेस्रो अङ्क प्रकाशन गर्नका लागि निम्नानुसार कार्य विभाजन गरिएको छ ।

सम्पादन मण्डलः प्रदुम्न श्रेष्ठ, धर्मानन्द गौतम, सकुल कोइराला, रिता दवाडी, संस्कृति प्रधान, डा. शर्मिला भट्ट, डा. कृष्ण पन्थी, कमल अधिकारी, बिक्रान्त मल्ल, बेदराज न्यौपाने, सिमरन दाहाल, निशान पहाडी र प्रनोद श्रेष्ठ

आर्थिक तथा विज्ञापन ब्यवस्थापनः देबराज न्यौपाने, भोजराज भट्ट, सुदिप दाहाल तथा विदुर खतिवडा

प्रमुख सम्पादन सल्लाहकार: डा. कमल अधिकारी

कार्यशाला गोष्ठि
शारीरिक स्वास्थ्य तथा मानसिक स्वास्थ्यका विषयमा डा. राजेन्द्र परिक तथा अन्य विशेषज्ञहरुद्वारा प्रशिक्षण गोष्ठि February 25, 2018 Sunday मा गर्ने । यसको आवश्यक तयारी स्वास्थ्य विभागले गर्ने ।

दसैँ महोत्सव
आगामी दसैँमा परिम्परागत कार्यक्रम भन्दा फरक ढङ्गले खुल्ला मैदानमा दसैँ महोत्सव गर्ने जसमा हिमालदेखि तराई सम्म जोड्ने गरी नेपाली संस्कृतिका महत्त्वपूर्ण पक्षहरू जस्तो भेषभुषा, खाना र सङ्गीत झल्किनेछन् र नेपाली बाहेक अन्य समुदायका मानिसहरूलाई समेत उपस्थित गराईनेछ । यो कार्यक्रम October 13, 2018 Saturday 11 AM to 6 PM सम्म Asian American Resource Center को बाहिरी कम्पाउण्डमा हुनेछ । यसको लागि आवश्यक तयारीको काम सुरु भैसकेको छ र बाँकी गर्दैजाने ।

प्रतिक्रिया