अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३० | Colorodo: 08:45

राष्ट्रपति भण्डारी र जापानी उपमन्त्री आइओ होरी बिच भेटवार्ता

बिआरटीनेपाल २०७४ मंसिर २० गते ४:५५ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीसँग जापानी उपमन्त्री आइओ होरीले भेटवार्ता गरेका छन् । आज अपराह्न राष्ट्रपति भवनमा पुगेर नेपालको त्रि–दिवसीय भ्रमणमा रहेका जापानी विदेश मन्त्रालयका संसदीय उपमन्त्री आइओ होरी नेतृत्वको प्रतिनिधिमण्डलले राष्ट्रपति भण्डारीलाई भेटेको हो ।

नेपाल–जापान सम्बन्धका साथै आपसी हितका विषयमा विचारविमर्श भएको सो भेटमा नेपालका लागि जापानका राजदूत मासासी ओगावा र नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू