अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२१ | Colorodo: 03:36

बुढानीलकण्ठ चपलीमा बम बिस्फोट: कांग्रेश नेता गगन थापा सहित ११ घाईते, २ को अवस्था गम्भिर

बिआरटीनेपाल २०७४ मंसिर १८ गते २:४९ मा प्रकाशित

चुनावी घरदैलो कार्यक्रमका लागि बुढानीलकण्ठ नगरपालिका २ स्थित चपलीमा रहेका कांग्रेस उम्मेदवार गगन थापालाई लक्षित गरि बम बिस्फोट गरिंदा नेता थापा घाईते भएका छन् । सोमबार दिउँसो १२ बजेर ५ मिनेटमा भएको बम बिस्फोटमा परि नेता थापाको कान र ढाडमा चोट लाग्नुका साथै शरिरका अन्य भागमा पनि बमको छर्रा लागेर उनि घाइते भएका हुन् ।

विस्फोटमा थापासहित १० जना घाइते भएका छन् । प्रधानमन्त्री सेरबहादुर देउवाको निवास नजिकेको सो क्षेत्रमा भएको बम बिस्फोटमा परि घाइते भएका मध्य जयराज लामिछाने र राजकाजी श्रेष्ठको अवस्था गम्भिर रहको प्रहरीले जानकारी दिएको छ । अन्य घाईतेहरुमा पुर्ण बहादुर श्रेष्ठ, रबिन्द्र कार्की, काशिलाल श्रेष्ठ, सुमन खड्का, धुर्व खड्का, श्यामकृष्ण श्रेष्ठ, पशुृराम थापा, रेनु बरुवाल रहेका छन् ।

नेता थापा सहित  सबैको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भै रहेको छ ।

 

तस्बिर:दिलिप पौडेल

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू