अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३५ | Colorodo: 12:50

अझै थाकेका छैनन् मुख र कान

विनोद रोका, न्युर्योक २०७४ मंसिर १७ गते २१:२२ मा प्रकाशित

भन्नेका मुख अझै थाकेका छैनन्
सुन्नेका कान अझै पाकेका छैनन्

भन्नेहरु भनी रहेका छन्
सुन्नेहरु सुनि रहेका छन्,

यहाँ,
भन्नेलाई भनी सक्न हतार छ
सुन्नेलाई सुनेर हिडन हतार छ
भन्नेहरुको अहङ्कार अझै रित्तिएको छैन
सुन्नेहरुको अहङ्कारमा राख्ने ठाउँ छैन।

त्यसैले,
भन्नेहरु अझै भनी रहेका छन्
सुन्नेहरु व्यर्थै सुनि रहेका छन्

किनकि,
भन्ने मान्छे भनाई जस्ता छैनन्
सुन्ने मान्छे बुझ्ने जस्ता छैनन्

अनित,
भन्नेका मुख थाकेका छैनन्
सुन्नेका कान पाकेका छैनन् ।

प्रतिक्रिया