अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२९ | Colorodo: 10:44

‘उत्तर अमेरिका तामाङ सम्मेलन’को तयारी भव्य, अध्यक्ष पदका लागि भरत मोक्तानको उमेद्वारी

बिआरटीनेपाल २०७४ मंसिर १७ गते ९:५८ मा प्रकाशित

उत्तर अमेरिकाभित्र रहेका तामाङहरुलाई एकीकृत गर्दै आउँदो जनवरी १३ र १४ तारिखमा उत्तर अमेरिका तामाङ सम्मेलनको भव्य तयारी हुँदैछ । सम्मेलनबाट सोसाइटीको केन्द्रिय नेतृत्व समेत चयन हुनेछ । यसैबीच तामाङ सोसाइटी अफ अमेरिका टिएसका पूर्व अध्यक्ष भरत मोक्तानले सम्मेलनबाट बन्ने नयाँ नेतृत्वको अध्यक्ष पदका लागि आफनो उम्मेद्वारी घोषणा गरेका छन् ।

उत्तर अमेरिकाभरि छरिएर रहेका तामाङ दाजुभाई तथा दिदिबहिनीहरुलाई एकआपसमा सहकार्य गर्दै सिँगो तामाङ समुदायको भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण र सम्बद्र्धनका लागि दीर्घकालीन कार्य योजनासहित काम गर्ने उनले बताए । ‘हामीले शैक्षिक, सामजिक, आर्थिक र राजैनैतिकलगायत विषयमा पनि उक्तिकै चासो दिनु आजको अपरिहार्य आवश्यकता हो । यसका लागि पनि सम्बन्धित विज्ञहरुसँग छलफल गरेर विस्तृत योजना प्रस्तुत गर्नेछु , उनले भने ।’

‘सामाजिक सेवामा मैले संगालेको अनुभव, संघसंस्थासँगको मेरो जनसम्पर्क र सोसाइटीको लागि पूर्ण समय दिने प्रतिबद्धतासहित उम्मेदवारी दिएको हुँ , उनले भने ।’

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू