अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३२ | Colorodo: 09:47

नामकै कारण २ बर्ष भन्दा बढी झमेला झेलेको चलचित्र ‘गाँजाबाजा’ले तोक्यो रिलिज डेट

बिआरटीनेपाल २०७४ मंसिर १६ गते ५:४७ मा प्रकाशित

चलचित्रको नामकै कारण २ बर्ष भन्दा बढी झमेला झेल्नुपरेको चलचित्र  ‘गाँजाबाजा’ले रिलिज डेट तय गरेको छ ।  ‘गाँजाबाजा’ नाम कानुनी रुपमा राख्न नपाइने भनेर चलचित्र विकास बोडैले स्विकृत नदिएपछि चलचित्र युनिटले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । यो बिषयमा अदालतले मिति पछि सारिरहँदा चलचित्र युनिटले भने आउँदो फागुन २५ लाई आफ्नो रिलिज मिति बताएको छ ।

कार्तिक २७ गते रहेको पेशी फेरी पुस सम्मका लागि सरेको छ । निर्देशक एवं निर्माता समेत रहेका गणेशदेव पाण्डेका अनुसार चलचित्र विकास बोर्ड सकारात्मक रहेकोले फिल्मको रिलिज डेट तय भएको हो । दुई बेरोजगार युवाको कथा रहेको फिल्म नामकै कारण रिलिज हुन् नसकेको हो ।

निर्देशक पाण्डेले चलचित्र विकास बोर्डको विरुद्ध वैशाख २७ गते रिट दायर गरेका थिए ।

प्रतिक्रिया